Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

अनलाइन बिचार

झापा, ३ बैशाख २०७७ । नेपाल चैत ११ देखि पूर्ण लकडाउन अथवा बन्दाबन्दीमा छ । नेपाल मात्र होइन विश्व नै लगभग
लकडाउनमा छ । तत्कालै कोभिड १९ को बिरुद्ध भ्याक्सिन तथा औषधिको आविस्कार पनि जटिल बन्दै गएको छ । तर लकडाउन पनि निश्चित समयसिमा सम्म मात्र रहन्छ । लकडाउन सकिएपछिको परिस्थिति कस्तो होला ? अनलाइन बिचार डिजिटल खबर पत्रिकाले यस सन्दर्भमा गरेको बहस ।

लकडाउन सकिएपछिको हामी नेपालीको जीवन शैली कस्तो हुनुपर्छ होला ?कोरोना भाइरस कोभिड–१९ संक्रमणको त्रास रहिनै रहेको हुन्छ त्यसबेला पनि पक्कै । घरभित्र बन्दाबन्दी (लकडाउन)सिमित समयको लागि मात्र सम्भव हुने हो । अहिलेकै मितिलाई आधार मान्ने हो भने बैशाख १५ पछिको लागि हामी नागरिकले ध्यानदिने महत्त्वपूर्ण पक्ष के के हुनसक्छन् ? संघ, प्रदेश र स्थानीय सरकारले के कस्तो तयारी र योजना गर्नुपर्ला ?

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

दिलिप भण्डारी ,
गौरादह – ३

स–सानो टोलमा बांडेर तालिम प्राप्त स्वयंसेवक र मोबाईल सरकारी सुरक्षा दस्ताद्वारा २४ सै घन्टा सुपरिवेक्षण अभियान संचालन गर्ने ,कोरोनाका विभिन्न रुपको र सचेतनाको लागि स्वास्थ स्वयंसेवकलाई तालिम र मेडिकल इक्युपमेन्ट सहित नियमित अनुगमन गर्ने गराउने ।
सोसियल डिस्टेन्सको कडाइका साथ पालना ,बजार,कलकारखाना ,खेतीपाती ,सार्बजनिक स्थानमा अनिवार्य सेनिटाइजर गर्ने अभियान ,संकास्पद ब्याक्तिलाई क्वारेन्टाइन ,आइसुलेसनमा उपचार को ब्यावस्था ,सिमानाका बन्द, कुनैपनि संस्थागत वा ब्याक्तिगत कार्यक्रमको आयोजना गर्दा सहभागिहरुलाई अनिवार्य सेनिटाइजर गर्ने ।

२५–३० जना भन्दा ठूलो भिडहुन प्रतिबन्ध लगाउने, प्रत्येक ब्याक्तिले आफू कहाँ–कहाँ पुगियो,को–कस संग भेटघाट गरियो, के के सामान छुइयो सबैको अभिलेख प्रत्येक क्षण अपडेट राख्ने, सूचना प्रणालीको यथेष्ट जानकारी लिनेदिने गर्ने। कुनै पनि बस्तु छुने साथ, नाक, आंखा,मुखमा हात पुर्याउनु अघि हात साबुनपानीले धुने ।

यस्ता धेरै कार्य गर्न गराउन तिनैवटा सरकारले कार्ययोजना ल्याउने र अत्यन्तै कडा अनुशासनात्मक रुपमा काम गर्ने। राहत तथा उद्दारका लागि बिज्ञहरुबाट भएको र हुने क्षतीको मुल्यांकन गरि गराइ भावी दिनमा उपयुक्त कदम चाल्ने आदी ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

युवराज नेउपाने
गौरादह ४, हाल काठमाण्डौं ।
सबै भन्दा महत्वपूर्ण कुरा लकडाउनलाई हामी सर्बसाधारणले नबुझेको हो कि ! बुझ्न कन्च्स्याइ गरिएको हो ? यो बुझ्न जरुरी हो,यो कस्का लागि कस्तो अवस्थामा लगाउनु पर्छ भन्ने कुरा राम्ररी बुझाउनु र बुझ्नु जरुरी हुन्छ ।

हामीहरुको चोकको अनावस्यक चिया गफ र गल्ली गल्ली भौतारिने बानी भन्दा जीवन प्यारो हो भन्ने बुझ्न नसकेर पनि यो लक डाउन अन्त्य होस भन्ने सोच बिकास भएको ठान्दछु । सर्बप्रथम हामीले यस्तो माहामारीको अवस्थामा सम्बेदनशिल भएर आफैमा लक डाउन बस्नुपर्ने हो, जो सरकारले जब्बर जस्ती बाद्य बनाइरहेको बुझियो ।

अब रह्यो लक डाउन पछाडिका कुरा ,वास्तबमै लकडाउन जो जहाँ इमर्जेन्सी सावधानीलाई बेवास्ता गरेर हुल हुज्जत गरिरहन्छन त्यस्ता समूह र त्यस्ता स्थानहरुमा लगाउनु पर्ने हुन्छ । अहिले पनि त्यही कुरा बुझाउन सकिएको छैन,धेरै देशहरु छन जहाँ लक्डाउन नगरी माहामारी समाधान भैरहेको पाएका छौ,त्यसको अर्थ हामीले गलत लाउनु पनि हुदैन । अनुशासनमा रहेर सामाजिक दुरी कायम राख्दै बजार ब्यवस्थापन गर्दै हामीले सेमिलक डाउन जस्तो पनि गर्न सक्छौ । जस्ले गर्दा ज्याला मजदुरी गर्नेहरुको जीवन यापन सहज होस । त्यसका लागि सरकारले सिमा नाका लाई कडाइ गरेर आफू बलियो हुनु जरुरी देखिन्छ ।

उदाहरणका लागि एस.इ.इ परीक्षा रोकेसङ्गै या परीक्षा रोक्नुको सट्टा पहिला विमान स्थल रोक्ने र सिमामा कडाइ गर्न सकेको भए अहिलेसम्म एकजना पनि कोरोना संक्रमित नदेखिने रहेछन् भन्ने त प्रस्ट देखिएकै कुरा हो ।

अझै पनि भारतीय नाकामा सैन्य सुरक्ष शक्ति प्रशस्त राख्न नसक्नु हाम्रालागि घातक भएको छ । रह्यो भाइरस को कुरा– कुनैपनि भाइरसको आफ्नो परिबर्तिय रुप पहिलो अवस्था भन्दा बलियो बन्ने गर्छ । जो होस्टमा भएको इम्मुन सिस्टममा निर्भर रहन्छ । या परास्त हुने गर्छ त्यसका लागि हामीले हाम्रो इम्मुन शक्तिलाई पनि अलि ध्यानदिने हो कि ? जस्तैः पानी प्रसस्त पिउने,इम्मुन सिस्टम कमजोर हुने कृयाकलाप नगर्ने (मध्यपान धुम्रपान)राम्रो खान पान ,आत्मा बल आदि।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
श्याम नेउपाने
गौरादह ८ 
व्यक्ति स्वयम् आत्मानुशासनमा बाँधुनु पर्नेछ अनावश्यक हिडडुल अनुत्पादक लगानी सब बन्द गर्नु पर्नेछ । बेबीसोर देखि सुरु गरिने वाइयात तपडकभडक जुन सत्प्रतिशत अनुत्पादक छन् । सबै रोक्नु पर्छ सरकार नामको चिज साचै छ भने । यस्ता तडकभडक रोक्ने कानुन नै बनाउन सक्छ । किसान बाँचेन भने कोही बाँच्ने छैन त्यसैले अमेरिकाको डिभी पर्ने ज्वाइँ भन्दा आफू बाँचेर अरुलाई बचाउने महान किसान ज्वाइँ लाई हृदयबाटै सम्मान गर्नु पर्छ ।

विशेष गरि नेपालमा रहेका तपाईं हाम्रो योजना अनि बिदेसबाट आउनुभएका साथीहरुको आर्थिक लगानीबाट कृषि क्रान्ति गरेर यो स्वरोजगार निर्माण गर्न सक्नुपर्छ । सरकारको मुख ताकेर काम छैन युवा हामी आफै गर्न सक्छौ र अबको केही बर्षपछि हामी युवा नै सरकार को नेतृत्व गरिरहेका हुनेछौं ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

उमेश बाह्रकोटी, काठमाण्डौं
सबैभन्दा पहिला सरकार र जनता बीचमा सुमधुर सम्भन्ध कायम रहनु पर्छ अर्थात सरकार प्रति हरेक नागरिकलाई बिश्वास हुनु पर्यो जुन अहिले धेरै नै कम हुँदै गएको छ ।

भाइरसको संक्रमण धेरै नै फैलिएको स्वास्थ बिज्ञहरुले हिजोबाट बताउन थालिसकेको अवस्था छ । जस्को प्रभाव अबको केही दिन या हप्ता पछि अत्याधिक पर्ने देखिन्छ ।

अहिले सरकारले या केही संघसंस्थाले दिएको राहतले केही दिनको भोक त मार्ला तर जस्को घरमा लामो समयदेखि बिरामी हुनुहुन्छ र घरको आर्थिक अवस्था नाजुक छ ति परिवारलाई अबिलम्ब सम्बोधन गर्नु जरुरी छ ।

उदाहरणको लागि कुनै ज्यालादारीको परिवारमा मृगौलाको बिरामी छ जस्लाइ खाना त राहत स्वरुप आयो तर औसधि किन्ने र डाइलसिस गर्ने खर्छ जुट्तैन । एस्ता धेरौ भन्दा धेरै समस्या छन जस्लाई सम्बोधन गर्नु आवश्यक छ ।

लकडाउन खुलेपछिको अवस्थामा पनि हामी सबै नागरिकले अनुशासनको पूर्ण पालना गरेर आफ्ना दैनिकिहरु अगाडि बढाउन आवस्यक छ । जबसम्म कोरोना भाइरसबाट बच्न बचाउन औषधि बिज्ञानले भ्याक्सिन तथा औषधिको विकास गर्दैन तबसम्म हामीले सामाजिक दुरी कायम गर्ने, भिडभाडमा नजाने, अनावस्यक डुलघुम नगर्ने लगाएतका सावधानीमा ध्यान दिन जरुरी छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

रबिन दाहाल
गौरादह १, हाल साउदी अरब
अनुदान दिने देश आफै समस्यामा, भारतको उत्पादन घटला र रेमिट्यान्स आउने देशवाटै हाम्रा मान्छे फिर्ता पठाउन सक्छन।
खाध्यान्न संकट हुनेछ, हाम्रो उत्पादन बढाउन सक्रिय होऔ । खेती मौसम कटेपछि हुदैन, खेतीगर्दा स्वास्थ्यको सुरक्षाको विज्ञसंग पनि सुझाव लिएर खेती गरौ ।

गाउँघरमा औसतमा ३ हजारभन्दा बढि युवा प्रतेक पालिकामा शहर र विदेशवाट फर्किएका छन्। स्थानीय सरकार, बैंक, सहकारी,माइक्रो फाइनान्स र कृषि प्राविधिकहरु लगाएत संग सहकार्य गराई सहुलियतमा ऋण,मल,बिउ र प्रविधिको व्यवस्था गर्ने राहत कार्यक्रम ल्याऔ। रकम सांसद कोषवाट लिऔं । भोकै मर्ने दिन नाआओस ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

प्रज्ज्वल खनाल ( MBBS), हाल पाकिस्तान
Semi lockdown Open school, open construction site, Help farmers and low cost business . Avoid transportation of people from one district to another district.
Avoid political formal and informal mass gathering. The main thing is make our economy running and for health concern .  children are mostly affected so school should be opened, let them come outside of their house .

Avoid gathering in tea shop, avoid transportation . Do work from home . Online classes for adult . That is semi-lockdown for 1 and half year until therapeutic and vaccine develop.

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
प्रशान्त रिजाल, गौरादह– १

लकडाउन पस्चातको नागरिक जिवन कस्तो हुनुपर्ला ?
आज आधाभन्दा ज्यादा बिस्व लकडाउनको अवस्थामा छ । पर्यटन लगायत सम्पूर्ण आर्थिक गतिविधीहरू ठप्प छन्। कोरोना प्रकोपबाट मानव जातिले कसरी छुटकारा पाउला ?

यसका दुई विकल्पहरु हुन सक्लान । एक– बिज्ञानले चमत्कारी ढङ्गबाट आज भोली नै यसको खोपको आविस्कार गर्नु पर्छ। र दुनियभरका ८ अर्ब जनतालाई यसको खोप लगाउनु पर्छ। जुन असम्भव प्राय नै छ। अहिले सम्मका तमाम मेडिकल साइन्सको मतलाई मान्ने हो भने यसका लागि कम्तिमा एक बर्ष लाग्ने छ।त्यसो भए एक बर्ष भरी लकडाउन गरने त ? यो पनि असम्भव नै छ । ढिलो चाँडो लकडाउन खुल्ने नै छ । खुल्नै पर्छ । त्यसो भए यसबाट कसरी बच्ने त ?यसको एउटै मात्र तरीका मनोबल बृद्धि र इमिनियु सिस्टमको गुणोत्तर विकास नै हो।

सन् १९१८ मा जब युरोपमा H1N1  भाइरस देखीयो १९५७ सम्म यसको प्रभाव घटेन। यस दौरान करडौको ज्यान गयो। अन्तत भाइरसको प्रकोप घटेर गयो। आस्चर्य चै के हो भने यसको प्रकोप खोपको आविस्कार बाट भएको थिएन। करीब ४० बर्षको फरकमा मानब जातिले आफ्नो immune power बृद्वि गरियो र बिस्व कोरोना फ्रि भयो।

बिना कुनै लकडाउन अर्थतन्त्रको The Great Dipression ले १९ को दशमा लाखौ ब्यक्तीको ज्यान लियो। २००८ को आर्थिक मन्दिको कथा यस्तै छ। हाल कोभिड ( १९ र लकडाउनले त्यो भन्दा भयानक आर्थिक मन्दी निम्त्याउने सम्भावना पनि छदै छ।

लकडाउन पस्चातको जिवनशैली ,समाज कस्तो होला ?
( कोरोनाले पुजीबादको नायकत्व गरीरहेका अमेरीकी लगायत तमाम युरोपियन रास्ट्रहरूमा मानव स्वास्थ्य सेवाको स्थितिलाई छताछुल्ल बनाइदिएको छ। न्युवर्क जस्तो World Economic capital मा ६००० मात्र भेन्टिलेटर हुनु र कोरोनाले दुई हप्ता समातिरहदा करीब ७० लाख बेरोजगार हुनुले पुजीबादको शल्येकृया निकै सुस्मरूपमा गरीदिएको छ।

नेपाल सिद्धान्ततहस् संविधानमा ठुला अक्षरले समाजबाद लेखीएको छ।यद्दपी त्यसका लागि तय गरने बाटो तत्काल सम्म भुमन्डकृत पुजीबाद कै मुख ताक्ने बाहेक अर्को बिकल्प राज्यले निर्दिस्ट गरेको छैन। Multinational Company को मेला लगाएर गरीएको लगानी सम्मेलन देखी MCC  प्रतिको राज्यको लगावले नेपाल कुन मोडलको समाजबाद यात्रा गर्न चाहान्छ स्पस्ट गरेकैछ ।

अव अवस्था फेरीएको छ, पुजीबादका हिमायतिहरु आफ्नै i your नागरीकले घेरीने छन्, सबै खाले बिद्रोह हुनेछन्। त्यसको प्रत्यक्ष असर ती देशहरूमा international Funding  मा स्वत परने छ। अनी अन्तरास्ट्रिय पुजीबादको भुईचढेर समाजबादको शिखर चुम्ने नेपाल जस्तो मुलुकको गन्तव्य कता बाटुलिएला .?

राज्य मानिसक र भौतिकरुप तयार हुनु पर्छ कि लाखौ रेमिट्यान्स धारी नागरिकको विशाल फौज छिटै गाँउ – शहर र्छिदै छ। त्यो बर्ग उद्यमशील बर्गको जसले जिवनको भोगाईलाई यथार्थमा भोगेको छ, सरकारले यसलाई अवसरको रुपमा लिनु पर्छ। त्यो उर्जाशील फौज सँग सहकार्य गरदै कृषि क्रान्तिमा ठोस योजना सहित राज्य होमिनु पर्छ, मुलुकको अर्थतन्त्रलाई कृषिमा आधारीत आन्तरिक पुजीमा निर्भर अर्थतन्त्रमा क्रमिक परीवर्तन गर्नु पर्छ।

दोस्रो नवउदारबादले मात्र औद्योगिक विकास हुने मान्यतालाई कोरोनाले गलत सावित गरीदिएको छ। अल्पिकसित देखी बिकसित मुलुकहरु पनि सामान्य मास्कका लागि ज्याक मा को बाटो हेर्नुले नवउदारबाद र एकाधिकार पुजीबादले राज्यको आन्तरीक औद्योगिक उत्पादन प्रणालीलाई कसरी मक्काउछ भन्ने प्रस्ट देखायो।
अतस् राज्यको दोस्रो ऋण निति लघु तथा आन्तरिक उत्पादनमा निर्भर उद्योगको व्यापक बिकास नै हो। बढी भन्दाबढी आमनागरीकलाई लघु उद्योग संग सम्पर्क गराँदै लानुपर्छ। जसले स्थानिया कृषि उत्पादनको अधिकतम खपत समुदायस्तर मै होस ।।

अत स्थिती असामान्य छ , सबैको ध्यान स्वास्थ्य प्रति छ, तर दिनप्रतिदिन यसले आगामी दिनका चुनौतीको निर्माण गरिनै रहेको छ।अतस् लकडाउन पस्चात भुमन्डलकृत पुजीबाद र यसको फेरीस्तमा राज्यले अपनाउने कार्य्दिशाको बहस र कार्ययोजना नभए मुलुक कोरोना भन्दा भयाभय अवस्थामा भासिने निस्चित प्राय नै छ।

तपाईको प्रतिक्रिया