Online Bichar
मंगलबार, आश्विन ०६, २०८३ | Tuesday, September 22, 2026

काठमाडौं, २ वैशाख । र्यापिड डायग्नोष्टिक टेष्टमा कोरोनाभाइरसको संक्रमण देखिएका सनसिटी अपार्टमेन्टका दुई जनामा पीसीआर परीक्षणबाट पनि कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको  र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनीहरुको स्वाबको नमूना लिएर परीक्षणका लागि पठाइएको थियो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार २ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ । एकजनाको भने परीक्षणमा केही समस्या देखिएपछि पुनः स्वाव लिएर परीक्षण गरिँदैछ ।

आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ । कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ को परीक्षण गर्दा तीन जनाको ‘रिपोर्ट पोजेटिभ’ आएको थियो ।रातोपाटी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments