Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २ बैशाख २०७७ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले नयाँ रुप लिएको छ । दैनिकजसो १ सय आसपासमा नयाँ संक्रमित भेटिएकोमा पछिल्लो हप्ता बढ्दै १ हजार २ भन्दा बढी देखिन थालेको छ ।

आइतबार एकैदिन भारतमा १ हजार २४८ जना नयाँ संक्रमित भेटिएका हुन् । केही समय अघि स्वास्थ्य विषेशज्ञहरुले आँकलन गरेजस्तै भारतमा कोरोनाले महामारीको रुप लिईरहेको बताइन्छ ।
यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १० हजार ४५३ जना पुगेका छन् भने ३ सय ५८ जनाको मृत्यु भईसकेको छ ।

शनिबार मात्रै भारतबाट विरगंज आएर बसेका ३ भारतीय नागरिकमा कोरोना पुष्टी भईसकेको छ भने केलाली र कन्चनपुरमा नेपालीमा भेटिएको कोरोना संक्रमण पनि भारतबाट भित्रिएको पुष्टी भईसकेको छ ।

विश्वका २ सय १० मुलुकलाई सताईरहेको कोरोना संक्रमणले विश्वभर १९ लाख २३ हजार ८४८ जनालाई संक्रमित बनाएको छ भने १ लाख १९ हजार ६१८ जनाको ज्यान लिईसकेको छ ।

तपाईको प्रतिक्रिया