Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

इन्डोनेसिया, साउन २० । इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व विभाग (यूएसजीएस) ले जनाएको छ ।

एक हप्ता पहिले भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय टापू लोम्बकमा १७ जनाको मृत्यु भएको थियो । आइतबारको भूकम्पको केन्द्रविन्दु लोम्बकको सतहबाट १० किलोमिटर गहिराइमा रहेको यूएसजीएसले बताएको छ ।

इन्डोनेसियाली अधिकारीहरूले भूकम्पपछि लोक्बक र वरपरका क्षेत्रमा सुनामी आउने चेतावनी दिँदै नागरिकहरूलाई सामूद्रिक क्षेत्रबाट टाढा रहन आग्रह गरेका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

इन्डोनेसियाको मौसम,जलवायु, तथा भूगर्विवज्ञान हेर्ने निकायका प्रमुख डिकोरिता कर्नावतीले स्थानीय टेलिभिजनमार्फत नागरिकलाई सामूद्रिक सतहदेखि अलग स्थानमा गएर बस्न र सूनामीको प्रभाव शान्त भएपछिमात्र घर फर्कन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया