बुधबार, चैत्र ०८, २०७९
Wednesday, March 22, 2023

अनलाइन बिचार

गौरादह, २५ चैत । लकडाउन भैरहेको समयमा गौरादह नगरपालिका भित्र रहेका गरिब बिपन्न परिवारहरुलाई खाद्यान्न अभाव हुन नदिन यस क्षेत्रका संघसंस्थाहरुले सहयोग गर्नेक्रम बढेको छ ।

गौरादह नगरपालिका भित्र रहेका सहकारी तथा लघुबित्त संस्थाहरुले एकद्दार प्रणलीबाट बिपन्न परिवारको घरआँगनमा राहात पुर्याउन नगरपालिकाको कार्यलयमा सामाग्री हस्तान्तरण गरेका छन् ।

मंगलबार पूर्व नेपाल बहुउद्दशीय सहकारी संस्था, जीवन विकास लधुबित्त संस्था, डाँफे बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सामाग्री, खाद्यान्न र नगद सहयोग गरेका छन् ।

संस्थाहरुले गौरादह नगरपालिकाके कार्यलयमा पुगेर नगरप्रमुख, उपप्रमुख र नगर प्रवक्ता सहितको उपस्थितिमा सामाग्री तथा नगद हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख उपप्रमुख मार्फत खद्यान्न हस्तान्तरण गर्दै जीवन विकासका प्रतिनिधि

पूर्वनेपाल बहुउद्देशीयको सम्पर्क कार्यलय गौरादहले पाँचथान पिपिइ, पचास थान ग्लोब र पचास थान मास्क सहकारीका अध्यक्ष प्रम सापकोटाले हस्तान्तरण गरेका हुन् । सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष सापकोटाले झापा जिल्ला भित्र रहेका गौरादह नगरपालिका सहित दमक, कमल, गौरीगञ्ज, शिवसताक्षी, कन्काई, विर्तामोड, भद्रपूर र इलाका प्रहरी कार्यलय दमक लगाएतलाई ८५ थान पिपिइ, र ग्लोब तथा मास्क बितरण गरिएको बताए ।

त्यसैगरी डाँफे बचत तथा ऋण सहकारी संस्था सम्पर्क कार्यलय गौरादहले नगद आर्थिक सहयोग गरेको छ । आर्थिक सहयोग गर्नेक्रममा गौरादह नगरपालिकालाई दश हजार उपलब्ध गराएको संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले जानकारी गराए । सोही सन्दर्भमा जीवन विकास संस्था शाखा कार्यलय गौरादहले १ लाख बराबरको खाद्यान्न सामाग्री गौरादह नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नगर प्रमुख उपप्रमुख मार्फत नगद हस्तान्तरण गर्दै डाँफे सहकारीका प्रतिनिधि

नगरपालिका भित्र रहेका गरिब तथा बिपन्न ६५ घर परिवारलाई पुग्ने खाद्यान्न बितरण गरेको संस्थाका सेवाकेन्द्र प्रमुख अर्जुन कुमार ठाकुरले जानकारी गराए । ठाकुरका अनुसार प्रति घरपारिवार १० केजी चामल, १ केजी दाल, १ ली तेल, १ केजी नुन र १ थान डिटल साबुन सहितको प्याकेज बनाएर नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

सामाग्री बुझ्दै नगर प्रमुख शाहाले कोरोनाको संक्रमणबाट बच्न जारी लकडाउनको पालना गर्दै गराउदै सहयोमा जुट्न नगरबासीलाई आवहान समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया