Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, २४ चैत । नगरपालिकाबाट वितरण गरेका राहत समान रुपमा नपाएको, राहात वितरणमा पक्षपात र राजनीति भएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । झापाको गौरादह नगरपालिका वार्ड नम्बर– २ अन्तर्गतको ५ नम्बर टोल विकासमा भएको राहात वितरणमा पक्षपात भएको भन्दै टोलवासीले असन्तुष्टी ब्याक्त गरेका हुन् ।

मौखिक रुपमा पटक पटक जनप्रतिनिधि, टोल समिति र समाजका अगुवाहरु संग गुनासो गर्दा पनि कुनै सुनुवाई नभए पछि अब लिखित रुपमा उजुरी गर्न अवस्थामा आफुहरु पुगेको र हस्ताक्षर सहितको निवेदन तयार गरेको उनीहरुले अनलाइनबिचारलाई बताएका छन् ।

असन्तुष्ट लिला बाहादुर दर्जीले राहात वितरणमा चरम लापरबाही र पक्षपातपूर्ण ब्यवहार भएकोले उजुरी गर्न आफूहरु बाध्यभएको बताएका छन् । सो टोल समितिको क्षेत्र भित्रको दलित समुदायको सघन बस्ति रहेको उक्त सुकुम्बासी टोलका २२ घर परिवारले संयुक्त रुपमा हस्ताक्षर गरी राहात वितरण प्रति असन्तुष्टी जनाउदै उजुरी पत्र समेत तयार गरेका हुन् ।

सोही टोलका स्थानीय सोम बहादुर विस्वकर्माकाले राहात वितरणमा वडा कार्यलयले नियतबस राजनीति गरेको आरोप लगाए । अर्का स्थानीय भिम ठटालले भने आफूहरुले पाएको राहातमा १० केजी चामल भनेकोमा ७ केजी देखि ८ केजी मात्र भएको त्यसैगरी १ केजी दाल भनेकोमा ३ पाउ भन्दा दाल समेत नभएको बताए । नगरपालिकाको मापदण्ड अनुसार राहात खाद्यान्न छ कि छैन भनेर पुनः सो टोलका धेरैजसो घरको नापतौल गर्दा फरक परेको उनीहरुले बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

जारी लकडाउनको समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाहा गर्नेलाई गौरादह नगरपालिकाले स्थापना गरेको कोषबाट नगरबासीलाई राहात बितरण गरिदै आएको छ । नगरपालिकाले संबन्धित वडाकार्यलय मार्फत टोल समितिहरुको सहजिकरणमा प्रथम चरणको राहात भनेर १० केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ पोका नुन सबै वडाहरुमा वितरण गरिसकेको छ ।

सोही वडामा सिमान्तकृत जाती समुदायका संथालहरुको पनि उल्लेख्य बसोबास रहेको तर वडाले राहात वितरणमा अधिया खेती गर्ने वा बिभिन्न वाहाना गरेर राहात वितरणमा संथालहरुलाई पक्षपातगरी छुटाएको पूर्व मजदुर नेता देवी घिमिरेले बताए । राहात वितरणमा टोल समितिले सिफारिस गरेका संथालहरु, मजदुर लगाएत धेरैजना बिपन्नहरुको नाम नियतबस काटेकोमा सोही वार्डका पूर्व जनप्रतिनिधि खगेन्द्र गिरीले आपत्ति जनाएका छन् ।

राहात बितरणमा के भएको हो ? स्थानीयहरु किन असन्तुष्ट छन् भन्ने सम्बन्धमा सोही वार्डका जनप्रतिनिधि वडा सदस्य उत्तम बस्तेतले कुनै पक्षपात नभएको यो सबै झुटो आरोप मात्र रहेको बताएका छन् । उनले जनप्रतिनिधि र टोल समितिको अध्यक्ष सहितको उपस्थितिमा स्थानीयकै अगाडि नापतौल समेत गरेको र राहात वितरण गरिएकोले नियतबस कुनै कमिकमजोरी नभएको बचाउ गरेका छन् । यस्तो माहामारीको समयमा आफ्नो जीवन र स्वास्थ्यलाई समेत जोखिममा राखेर वडाबासीको सेवामा निस्वार्थ काम गर्दा पनि झुटो आरोप खप्नु परेकोमा बस्नेतले गुनासो समेत गरे ।

तपाईको प्रतिक्रिया