Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठ्माडौं, १९ चैत्र । विश्वभर कोरोनाभाइरस (कोभिड–१९०)को संक्रमणले महामारी फैलिरहेको अवस्थामा राष्ट्रिय चिकित्सक संघले फोनबाटै घरघरमै स्वस्थ्य परार्मश दिने भएको छ । नेपालभर लकडाउन गरेको अवस्थामा सरकारी, अर्धसरकारी, निजी अस्पतालहरुले टेलिफोनमार्फत विभिन्न रोगसम्बन्धि परार्मश दिइरहेका छन् ।

कोरोना भाइरस संक्रमणको लक्षण देखि अन्य स्वास्थ्य समस्याबारे टेलिफोनमार्फत परार्मश तथा सल्लाह दिने राष्ट्रिय चिकित्सक संघले जनाएको छ । बिरामीले विहान ९ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा फोन गरेर सल्लाह तथा परार्मश लिन सक्ने संघले जनाएको छ ।

यसका लागि राष्ट्रिय चिकित्सक संघले २६ जना चिकिन्सकहरुको मोबाइल नम्बर सर्वधारण जनताको लागि उपलब्ध गराएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया