Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

साउन २०,। आज प्रकाशित नेपाल(साप्ताहिक)ले वामदेव रिटन्र्स शिर्षकमा समाचार छापेको छ । देशैभर वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद छिर्ने रणनीतिमा छन् । गौतमसँगको कुराकानी पनि छापिएको छ ।

पार्टीले देशभर जित्दा तपईंले हानुभो, चुनावको ६ महिनामै संसदमा आउने योजना बनेको हो ?

म हारेको होइन । सूर्य वा हँसिया हतौडामा मतदाता झुक्किँदा ५ हजार मत बदर भए । त्यसैले प्राविधिक रुपमा कांग्रेसका सञ्जय गौतमले जिते ।

डोल्पाका सांसदलाई राजीनामा गर्न राजी गराउनुभो ?

डोल्पा निश्चित भइसकेको छैन । मेरा लागि ठाउँ छाड्न दर्जन सांसद तयार छन् ।

तपाईं संसद नगई नहुने किन ?

संसदलाई दिशा दिन सक्ने, सबैलाई मिलाएर हिँड्ने मजस्तो नेता को छ ? म ०५६ र ०४६ मा संसद भइनँ । ती संसद असफल भए । म भएका बेला ०४८, ०५१, ०७० मा सफल भए । ०५४ मा स्थानीय चुनाव गराएँ । ०७० मा एमाले काग्रेस र माओवादीलाई एक ठाउँमा ल्याएर संविधान बनाउन भूमिका खेलेँ । म नलागेको भए शान्ति प्रक्रिया के हुन्थ्यो ? एमाले गणतन्त्रमा जान्थ्यो कि जाँदैनथ्यो ? संविधान बनाउन माओवादी सहमतिमा आउँथ्यो कि आउँदैनथ्यो ? तपाईँ आफैँ मूल्यांकन गर्नुस् ।

तपाईं संसदमा आउने प्रधानमन्त्री बन्न हो ?

म प्रधानमन्त्री र अध्यक्ष बन्न हुनुहुन्न भन्ने कहीँ छ ? मेरा सबै समकक्षी प्रधानमन्त्री भइसके । प्रचण्डले संसदमै मैले अझै एक जनालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न बाँकी छ भन्नुभो । केपी कमरेडले कैयौँ पटक अब वामदेवको पालो भन्नुभएको छ । तर, यो पाँच बर्ष सम्भावना छैन । एउटै प्रधानमन्त्रीले पूरै कार्यकाल चलाउने तय भइसकेको छ ।

नेकपाभित्र प्रचण्ड र बामदेवको गुट बनिसकेको हो ?

अहिले केपी कमरेड र प्रचण्डको जस्तो दोस्ती अरु कसैको छैन । माधवजी(माधव कुमार नेपाल) दुवैलाई खुसी बनएर खुसी हुनुहुन्छ । सबैलाई थाहा छ, म गुटबन्दी गर्दिनँ । प्रचण्डसँग पुरानो दोस्ती हो, पार्टी एकतापछि गाढा भयो । पूर्वएमालेसँग दोस्ती छँदैछ ।

तपाईको प्रतिक्रिया