Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

बीबीसी, साउन २० । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो बिस्फोटकयुक्त ड्रोन हमलाबाट बालबाल बचेका छन् ।

भेनेजुएलाका अधिकारीका अनुसार राष्ट्रपति मादुरोले राजधानी कराकासमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला उक्त ड्रोन बिस्फोट भएको हो ।

उक्त कार्यक्रमको टेलिभिजनमा प्रत्यक्ष प्रशारण पनि गरिँदै थियो । राष्ट्रपतिलाई कुनै प्रकारको क्षती नपुगेको अधिकारीले जानकारी दिएका छन् ।

‘हत्याको कोशिश’

भेनेजुएलाका संचारमन्त्री जर्ज रोड्रिग्जले उक्त हमला राष्ट्रपतिको हत्याको कोशिश भएको बताए । उक्त घटनामा सात सैनिक घाइते भएको उनले बताए ।

मादुरो एक खुल्ला स्थानमा आयोजित एक सेनाको कार्यक्रममा भाषण दिइरहेका थिए । भिडियोमा देखिए अनुसार उनीलगायत अन्य चारजनाले निकै चकित भएर आकाशतिर हेर्न थाल्छन् । यति नै बेला प्रसारणको आवाज बन्द हुन्छ ।

कार्यक्रमको प्रसारण रोकिनु अघि कार्यक्रममा उपस्थित दर्जनौं सैनिक भागिरहेको देखिएका थिए ।

कसैले लिएन जिम्मेवारीः

उक्त कथित हत्याको कोशिशको जिम्मेवारी अहिलेसम्म कुनै पनि संगठनले लिएको छैन ।

संचारमन्त्री रोड्रिग्जले घाइते सैनिकको उपचार भइरहेको जानकारी दिए । राष्ट्रपति मादुरो आफ्ना मन्त्री र सैनिक अधिकारीसँग बैठक बसिरहेको बताए ।

घटनापछि सुरक्षाकर्मीले नजिकैका भवनमा अनुसन्धान गरिरहेको छ । एजेन्सी

तपाईको प्रतिक्रिया