Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विर्तामोड, १६ चैत । विर्तामोड नगरपालिका आफैले ताजा तरकारी टोलटोलमा पुर्याउन थालेको छ ।

नगरपालिकाले टेम्पोमा सब्जी लोड गरेर टोलटोलमा पुर्याएको र सर्वसाधारणलाई विक्री गरेको तस्वीर नगरप्रमुख ध्रुव शिवाकोटीले फेसबुकमा आज आइतवार सार्वजनिक गरेका छन् ।

नगरप्रमुख शिवाकोटीले लकडाउनका बेला सर्वसाधारणलाई अभाव नहोस् र उनीहरु घरभित्रै बसिरहन सहयोग पुगोस् भनेर नगर क्षेत्रमा उपभोक्ताको हातैसम्म पुर्याउने नगरको योजना रहेको बताए ।

नगरपालिकाले ‘मेयर विषादीमुक्त कार्यक्रम’ अन्तर्गत किसानहलाई अनुदान दिएर गाउँगाउँमा अग्र्यानिक तरकारी उत्पादनमा प्रोत्साहन गराउँदै आएको छ ।

तिनै किसानहरुले फलाएको तरकारी लकडाउनको बिसम परिस्थितिमा नगरपालिकाले वडाका जनप्रतिनिधिहरुलाई परिचालन गरेर उपभोक्तालाई बेच्न थालेको हो ।

६ वटा गाडी विहान र बेलुक दुई सिफ्टमा तरकारी पुर्याउने कार्य भइरहेको नगरप्रमुख शिवाकोटीको भनाई छ ।

तरकारी बेच्न नगरप्रमुख शिवाकोटी र कृषि शाखाका अधिकृत राजेन्द्र कडरिया आफै पनि टोलहरुमा पुग्ने गरेका छन् ।

झापामा सबैभन्दा ठूलो कृषि बजार विर्तामोडमै छ । तर अत्याधिक भीड भएका कारण प्रशासनले कृषि बजार बन्द गराएको छ । केही कृषि उत्पादक संस्थाले समेत निजी गाडीमा टोलटोलसम्म तरकारी पुर्याउने गरेका छन् ।

तरकारी बेच्न जाँदा उपभोक्तासँगको सामाजिक दुरी कायम गरिएको र भीड जम्मा हुन नदिइएको नगरप्रमुख शिवाकोटी बताउँछन् ।
विर्तामोड नगरपालिकाले बाँड्ने तरकारीमा साग, फर्सी, टमाटरलगायत छन् । लोकतन्त्रपोष्टबाट

तपाईको प्रतिक्रिया