Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

काठमाडौं । साउदीको मक्कामदिनामा हज गर्न जाने नेपालीहरु अल्मलिएर र प्रक्रिया पु¥याउन नजान्दा अल्मलिने र हराउने गर्दछन् । अघिल्लो बर्ष हज गर्न गएका केहीको भींडमा परेर मृत्यु भएको समाचार आएको थियो ।

विश्वभरबाट हज गर्न आउनेको संख्या ठूलो भएकाले पनि कहिलेकाँही समस्या पर्ने गरेको नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले साउदीले जनाएका छन् । सबै मानिसहरु एकै पटक र एउटै प्रक्रियाबाट हज गर्ने गर्दछन् । हजयात्रीको संख्यामा यसपालि पनि वृद्धि गरिएन । नेपालका लागि सधैंको जस्तै १२ सयको कोटा साउदीको हज समितिले निर्धारण गरेको छ ।
गृह मन्त्रालय अन्तर्गत रहेको हज समितिले नै उनीहरुलाई पठाउने गर्छ । सचिव मन्सुर हुसेनले साउदीले छुट्याइदिएको कोटा थोरै भएकाले थप गर्न आग्रह गर्नुभएको छ । ‘ पुरानै संख्या निर्धारण गरिएको छ, नेपालको लागि यो अत्यन्तै थोरै हो ’ उहाँले भन्नुभयो ‘ हज गर्न जानेको रुची बढिरहेकाले पनि संख्या थपिदिन भनेका हौं, मुस्लिमको जनसंख्या ४ दशमलव ७ प्रतिशत भएकाले सीमित कोटाले भ्याउँदैन ।’

मुस्लिम समुदायबाहेक अरुले हज गर्न जान पाउँदैनन् । मंगलबारसम्म हज गर्न साउदीतर्फ जाने छन् । प्रतिव्यक्तिको २ लाख २५ हजार रुपैंया लाग्ने छ । यात्रुले यो पैसा बुझाएपछि अन्य प्रक्रिया भने हज समितिले नै गर्ने प्रचलन छ ।
मस्जिदका अध्यक्ष मोहम्मद सामिमले झण्डै २ हजारभन्दा बढीले वर्षेनि फारम भरेको हुँदा धेरैले हज गर्ने अवसर नपाएको गुनासो गर्नुभयो । ‘ सबैलाई जान मन लाग्छ तर कोही पनि मनखुशी आफैं जान पाउँदैन यही समस्या हो ’ सामिमले भन्नुभयो ‘ हज गरेपछि एउटा लक्ष्य प्राप्ति हुने भएकाले यसलाई निकै महत्वका साथ हेरिन्छ ।’

जिल्ला प्रशासन कार्यालयमा भरेका फारम गृह मन्त्रालय आइसकेपछि हज समितिले कसलाई पठाउने भन्ने निर्णय गर्ने छ । गृह मन्त्रालयले हज समिति अध्यक्षलाई सुविधासहित जिम्मेवारी दिएको छ ।

झण्डै ४५ दिन लामो बसाइमा हजयात्रीहरुले १ महिनासम्म विभिन्न अध्ययन गर्नुका साथै अन्य प्रक्रियाहरु पूरा गर्ने गर्छन् । अन्तिम ५ दिनमा पैदल यात्रा गरेर हज गर्न जानुपर्ने भएकाले बृद्धबृद्धाका लागि भनें कष्टकर रहेको मस्जिदका सचिव हुसेनले जनाउनुभयो । ‘ बालिग भएपछि मात्र जान मिल्छ, स्वास्थ्यमा समस्या भएको व्यक्ति जान सम्भव छैन ’ उनले भने ‘ यो हाम्रो मान्यता र परम्परा हो त्यसैले पनि वर्षेनि संख्या बढिरेहको छ ।’

तपाईको प्रतिक्रिया