Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, साउन १९ । गौरादहमा राजवंशी ताजपुरीया समुदायको भाषा संस्कृतीमा संचारको भूमिका विषयमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एफ.एम.प्लस गौरादहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गौरादह र गौरिगञ्ज क्षेत्रका राजवंशी ताजपुरीया समुदायका अगुवाहरु सहभागी भएका थिए ।

एफ.एम.प्लसको साक्षात्कार कक्षमा सञ्चालन गरिएको कार्यक्रममा राजवंशी ताजपुरीया समुदायहरुको धर्म संंस्कृती र पहीचान एउटै रहेपनि भाषागत भिन्नताका बिषयमा बहस समेत भएको थियो । अधिकांश वक्ताहरुले भाषाका शब्दहरुमा केही फरक धारणा राख्दै रेडियोबाट प्रशारण गरिने भनिएको कार्यक्रमको नामाकरणका सम्बन्धमा पयाप्त अन्तरक्रिया भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
अन्तरक्रियामा सहभागिहरु

अन्तरक्रियामा कार्यक्रममा वक्ताहरुले कोच जातिको कार्यक्रम, आदिवासी कार्यक्रम, स्थानीय आदिवासी भाषा र कोच पहिचान नामाकरण गरि कार्यक्रम सञ्चालन गर्न आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहभागी समुदायहरुको सर्वपक्षीय छलफल बाट रेडियोले प्रशारण गर्ने कार्यक्रम राजवंशी ताजपुरीया भाषाको कार्यक्रम राख्ने सहमती भएको थियो।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै रेडियोका प्रबन्ध निर्देशक युवराज भट्टराइले सुचना र सञ्चारको स्रोतमा रेडियो सहज र भरपर्दो माध्यम भएकाले यस क्षेत्रमा बाहुल्यता रहेको राजवंशी ,ताजपुरीया जातिहरुको भाषामा कार्यक्रम सञ्चालन गरिने बताए।
कार्यक्रमका प्रमुख अतिथि ताजपुरीया कल्याण परिषदका केन्द्रीय अध्यक्ष गंगाराम ताजपुरीयाले राजवंशी ताजपुरीयाहरुको भाषा संस्कृति पहिचान र परम्परालाई स्थानीय स्तरमा सीमीत नराखी राष्ट्रिय स्तर सम्म प्रर्वद्धन गर्न सञ्चारको ठूलो भूमिका रहने भएकाले यस क्षेत्रमा रहेका राजवंशी ताजपुरीयाहरुको कार्यक्रमहरुलाई सञ्चार माध्यमबाट प्रशारण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमका विशेष अतिथि राजवंशी समाज कल्याण परिषदका झापा जिल्ला उपाध्यक्ष नौताली राजवंशीले दक्षिण क्षेत्रमा बसोबास गर्ने आदीबासीहरुलाई प्रबद्र्धन गर्न सञ्चाार माध्यमले राजवंशी ताजपुरीया भाषाका कार्यक्रमहरु प्रशारण गर्न आग्रह गरिन ।
कार्यक्रममा बोल्दै गोपाल राजवंशीले जातियता भन्दा पनि माथि उठेर साझा अवधारणाका साथ आगन्तुक शब्दलाई प्रयोग नगरी स्थानीय स्तरलाई मध्य नजर राख्दै कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । यस्तैगरी विरेन्द्र ताजपुरीयाले दक्षिण क्षेत्रमा रहेका राजवंशी ताजपुरीयाहरुको संस्कृति परम्परा र पहिचान एउटै रहेकाले कसै प्रति भेदभाव नहुने साझा कार्यक्रम सञ्चालन गनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया