बुधबार, चैत्र ०८, २०७९
Wednesday, March 22, 2023

गौरादह, ९ चैत्र । गौरादह नगरपालिकाले अत्यावश्यक काम बाहेक अन्य काम वा सिफारिस लगायतका कुनैपनि कार्यहरु नहुने भन्दै वडा कार्यालय, गौरादह नगरपालिकाको कार्यालय तथा अन्य शाखाहरुमा सेवाग्राहीहरुले अनावश्यक रुपमा भिडभाड नगर्न आग्रह गर्दै सूचना जारी गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला सम्भावित जोखिमबाट बच्न सबैको सुरक्षाका निम्ति यस्तो सूचना जारी गरिएको गौरादह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले जानकारी दिए ।

अर्को सूचना प्रकाशन नभएसम्मका लागि अत्यावश्यक काम बाहेक अन्य कुनै पनि कार्यहरु नहुने आज(आइतबार) प्रकाशित सूचना मा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया