Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

लक्ष्मीप्रसाद कोइराला

अलिकति छुट्टीहुँदा
आफ्ना नानीहरूलाई
फूलेको फूललाई हेराएर
हाँस्न सिकाउनुस्
प्रकृति गुरु हो ।

अलिकति छुट्टीहुँदा
आफ्ना नानीहरूलाई
भुनभुनाउदो मौरीलाई हेराएर
गुनगुनाउन सिकाउनुस् ।
प्रकृति गुरु हो ।

अलिकति छुट्टीहुँदा
आफ्ना नानीहरूलाई
घरतरुलको मुन्टालाई हेराएर
कहिलेकाही शिर झुकाउन
लाजमर्दो होइन भन्ने सिकाउनुस् ।
प्रकृति गुरु हो ।

अलिकति छुट्टीहुँदा
आफ्ना नानीहरूलाई
भूवरीको झोक्कालाई हेराएर
फोहोर पतिङ्गर उढाउन सिकाउनुस् ।
प्रकृति गुरु हो ।

अलिकति छुट्टीहुँदा
आफ्ना नानीहरूलाई
दूध र पानी मिलेको हेराएर
साथिभाइसँग मिल्न सिकाउनुस् ।
प्रकृति गुरु हो ।

अलिकति छुट्टीहुँदा
आफ्ना नानीहरूलाई
उदाउँदो सूर्यलाई हेराएर
जगाउन सिकाउनुस् ।
प्रकृति गुरु हो ।

अलिकति छुट्टीहुँदा
आफ्ना नानीहरूलाई
छ्टपटाइ रहेको माछालाई हेराएर
देशकालागि छपटाउन सिकाउनुस् ।
प्रकृति गुरु हो ।

अलिकति छुट्टीहुँदा
आफ्ना नानीहरूलाई
बलेको मैनवत्तीलाई हेराएर
मनको अँध्यारो हटाउन सिकाउनुस् ।
प्रकृति गुरु हो ।

अलिकति छुट्टीहुँदा
आफ्ना नानीहरूलाई
हिलो कुहुदा रमाउने किसानलाई हेराएर
श्रम र पसिनाको महत्व सिकाउनुस् ।
प्रकृति गुरु हो ।

अलिकति छुट्टीहुँदा
आफ्ना नानीहरूलाई
बिस्कुन सुक्दा खुशीहुने गृहिणीलाई हेराएर
सहिठाँउमा सहिनिर्णय लिन सिकाउनुस् ।
प्रकृति गुरु हो ।

अलिकति छुट्टीहुँदा
आफ्ना नानीहरूलाई
निलो आकाशलाई हेराएर
जीवनमा गम्भीर हुन सिकाउनुस् ।
प्रकृति गुरु हो ।
***********

तपाईको प्रतिक्रिया