Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ६ चैत्र । शारीरिक रुपमा अशक्त भएकी एक महिलालाई व्हीलचियर वितरण गरिएको छ । नेपाली काँग्रेस वडा समिति वडा नं. १ को पहल तथा व्यवस्थापनमा दाताहरुको सहयोगबाट प्राप्त भएको करीब ३० हजार मूल्य बराबरको आर्थिक सहयोगमा बुधबार(हिंजो) एक कार्यक्रमका बिच एक थान व्हील चियर वितरण गरिएको हो ।

गौरादह-१ स्थित सितापुरी निवासी चन्द्रराज देवान की श्रीमति ब्रेन हैमरेज भई शारीरिक रुपमा अशक्त भई हिंडडुल गर्न नसक्ने भएकोले सो व्हील चियर वितरण गरिएको वडा नं. १ का सह सभापति लिलानाथ पराजुलीले जानकारी दिएका छन् ।

व्हील चियरको मद्दतले हिंडडुल गर्न र दैनिकि कार्य गर्न सजिलो होस भन्ने उद्देश्यले व्हील चियर वितरण गरिएको पराजुलीले जनाएका छन् । कार्यक्रममा गौरादह नगर सभापति यादवराज सेढाईं, वडा सभापति इन्द्र गौतम, नगर र वडाका पदाधिकारीहरुको सहभागितामा व्हील चियर वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया