Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ४ चैत्र । विदेशबाट नेपाल आउने नेपाली नागरिकहरुले अनिवार्यरुपमा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ ।

नेपाल आउने सबै नेपालीलाई क्वारेन्टाइनमा राख्न सम्भव नहुने भन्दै सरकारले आफ्नै घरमा क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।

सरकारले सेल्फ क्वारेन्टाइनमा बसेरनबसेको सूचना संकलन पनि गर्ने भएको छ ।

विदेशबाट आएका नेपालीहरु सेल्फ क्वारेन्टाइनमा बसेरनबसेकोबारे सरकारले सूचना संकलन गरिरहेको दाबी गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनीहरुको ठेगाना, मोबाइल नम्बरलगायतका विवरण संकलन गरिएको छ ।

कसैको ‘कोरोनाभाइरस पोजिटिभ’ देखिए उनीहरुले ‘आइसोलेसन’मा जानुपर्ने छ ।

क्वारेन्टाइनमा बसेरनबसेको जानकारी लिन सरकारले ललितपुरको जाउलाखेलमा ‘कल सेन्टर’समेत स्थापना गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्य एवं स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले उनीहरुको प्रत्येक दिनको अवस्थाबारे सूचना संकलन सुरु भइसकेको दाबी गरे ।

सेल्फ क्वारेन्टाइन भन्नाले घरमा नै परिवारको सदस्यसँग सँगै नबस्ने, भेटघाट नगर्ने, कोठामा एक्लै बस्ने, बाहिर ननिस्कने, नजिकबाट कुराकानी नगर्नेजस्ता सावधानी अपनाउनु पर्छ

यसरी क्वारेन्टाइनमा नबसेको जानकारी प्राप्त भए कारबाहीमा समेत पर्न सकिने डा. श्रेष्ठले बताए ।

हाल कतिजना कहाँ क्वारेन्टाइनमा बसेका छन् भन्ने यकिन तथ्यांक नभएको भन्दै डा. श्रेष्ठले नेपाल आउने सबैको विवरण राख्ने छुट्टै सफ्टवेयर बनाउने तयारी भइरहेकोसमेत जानकारी दिए ।इमेजखबर

तपाईको प्रतिक्रिया