Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडा,ैं १८साउन । क्रोएसियाका स्टार फुटबलर लुका मोड्रिचको मूल्य एक अर्ब अमेरिकी डलर रहेको विषय अहिले चर्चामा आएको छ । रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले मोड्रिचको मूल्य एक अर्ब अमेरिकी डलर भएको घोषणा गरेपछि अहिले यो विषयले चर्चा पाएको हो ।

यो मूल्य रोनाल्डोको भन्दा साढे सात गुणा बढी हो । रोनाल्डो ११६ मिलियन अमेरिकी डलरमा इटालियन क्लब युभेन्टसमा आबद्ध भएका थिए । रोनाल्डोको रिक्त स्थान पूर्ति गर्नका लागि रियल मड्रिडलाई यो सिजन केही समस्या पर्न सक्ने अनुमान फुटबल विश्लेषकहरुको छ ।

विश्वकपका सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पाएका मोड्रिचप्रति केही क्लबहरुको आकर्षण रहँदै आएको छ । तर रियलले मोड्रिचमा पहुँचभन्दा माथिको ‘प्राइस ट्याग’ भिडाएको छ । सान्टियागो बर्नाबाउमा मोड्रिचको सम्झौता अझ दुई वर्ष बाँकी छ । मोड्रिच क्रोएसिया टिमका इभान पेरिसिच र मार्सेलो ब्रोजोभिचसँगै इन्टरमिलानमा खेल्न चाहेको भन्ने इटालियन मिडियाले लेखेका थिए ।

यस सन्दर्भमा रियलका अध्यक्ष पेरेजले मोड्रिचको बहिर्गमनको ढोका बन्द गरेका हुन् । मोड्रिचलाई अनुबन्ध गर्न चाहनेले एक अर्ब डलर तिर्नु पर्ने बताएर उनले मोड्रिचलाई क्लबमै राख्न चाहेका हुन् ।

तपाईको प्रतिक्रिया