Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ३० फागुन । निवृत राष्ट्र सेवक समाज नेपाल नगर समिति गौरादहको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले पूनः गोविन्द खड्काको अध्यक्षतामा ९ सदस्य समिति सर्वसम्मत चयन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा टेक बहादुर कार्की, सचिवमा मुकुन्द भट्टराई, सहसचिवमा राम प्रसाद संग्रौला, कोषाध्यक्षमा बिनिता शर्मा चयन भएका छन् । सदस्यहरुमा सिताराम कोइराला, टेक बहादुर बस्नेत, कृष्ण न्यौपाने र चेत बहादुर दाहाल रहेका छन् ।

गौरादह नगरपालिकाको वडा नं. १ को वडा कार्यालयमा सम्पन्न वार्षिक साधारण सभामा निवृत राष्ट्र सेवक समाज गौरादह नगर अध्यक्ष तथा कार्यक्रमका सभापति गोविन्द खड्काले समाजको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजका कोषाध्यक्ष राम प्रसाद संग्रौलाले आर्थिक वर्ष २०७५/०७६ को आम्दानी तर्फ ४१ ह्जार ६ सय ८६ र खर्च तर्फ ५ हजार ६ सय रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

निवृत राष्ट्र सेवक समाज नेपाल का केन्द्रिय सह अध्यक्ष जयधर्म आचार्यको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो । केन्द्रिय सदस्य गोपाल काफ्ले, झमक बहादुर काफ्ले, प्रदेश अध्यक्ष मोहन कार्की, झापा जिल्ला अध्यक्ष छत्र बहादुर ओझा लगायतले शुभकामना मन्तव्य राखेको सल्लाहकार संयोजक कृष्णहरि थपलियाले जानकारी गराए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया