Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरीगंज, २५ फागुन । कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्यनजर गर्दै र यसलाई भित्रन नदिन गौरीगंजमा आइतबार (आज) सहायता कक्ष स्थापना गरिएको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीको भारू चौक नजिक प्रहरी र स्वास्थ्यकर्मी सहितको सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको हो ।
कोरोना भाईरसको जोखिमबाट बच्न अपनाउनु पर्ने सावधानीका विषयमा जनचेतना फैलाउन र सतर्क रहने उपायहरूका बारेमा सहायता कक्षले सहजिकरण गर्नेछ ।

सहायता कक्षमा स्वास्थ्यकर्मीसहित प्रहरी ३ जना दैनिकरूपमा आवतजावत गर्ने बटुवाहरूलाई परामर्श दिइने र स्वास्थ्य जाँच गर्ने जनाईएको छ । टेन्ट टांगेर स्थापना गरिएको सहायता कक्षमा हाते धुन साबुन पानी, ग्लोभ्स, मास्क र जनचेतना फैलाउने सन्देशमुलक पर्चालगायतका सामग्री राखिएका छन् ।

गौरीगंज गाउँपालिकाको फत्तेपुर नाका हुँदै दैनिकरूपमा भारतीयहरू नेपाली बजार गौरीगंज, गौरादह र दमकसम्म आउने गरेको र नेपालीहरू पनि भारतीय बजार फत्तेपुर, किसनगंज, टेढागाछ र कल्याणगंज जाने गरेकाले सोहि स्थानमा सहायता कक्ष स्थापना गरेको गौरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादवले बताए ।

झापाको गौरीगंज गाउँपालिका वार्ड नं.६ को खजुरगाछीमा स्थापना गरिएको सहायता कक्षले कोरोना भाईरसबाट बच्न अपनाउनु पर्ने सावधानी र बच्ने उपायका बारेमा प्राथमिक स्वास्थ केन्द्र खजुरगाछीका प्रमुख अनुप शर्माले बताए ।
चिनको वुहान शहरबाट फैलिएको कोरोना भाईरसले विश्वका अधिकांश देशहरूमा फैलिसकेकाले नेपालमा त्यसको प्रकोप फैलन सक्ने सम्भावना रहेकोले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी नायव निरीक्षक तेवज निरौलाले जानकारी गराए ।

त्यसअवसरमा कोरोना भाईरस र यसका असर, बच्ने उपायहरू, लक्षणहरू, नेपालमा कोरोना भाईरसको जोखिमको अवस्थाका बारेमा जनाईएको थियो ।
गौरीगंज गाउँपालिका र ईलाका प्रहरी कार्यलय गौरीगंजको आयोजनामा संचालन गरिएको कार्यक्रममा यस क्षेत्रका ७० जना भन्दा बढीको सहभागिता रहेको थियो। गौरीगंज गाउँपालिका वडा नं.६ का वडाध्यक्ष बद्री नारायण यादबको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा गौरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा सदस्यहरू मुकेश कुमार साह, उदिमकुमार राई, पशु क्वारेन्टाइनका प्रतिनिधि ललिता प्रसाईलगायतको उपस्थिति रहेको कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीगंजका प्रमुख भोजराज चौलागाईले कार्यक्रम सञ्चालन गरेका थिए ।कोचिला न्यूज

तपाईको प्रतिक्रिया