Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, २५ फागुन । गौरादह नगरपालिका वडा नं.९ बैगुन्धुरामा वडा कार्यालय भवन निर्माण हुने भएको छ। नयाँ भवन निर्माणका लागि वडा नं.९ का वडाध्यक्ष सीताराम भट्टराईले एक कार्यक्रमका बिच भवनको शिलान्यास गरेका छन।

साबिकको बैगुन्धुरा गाविस रहेको भवनमा हाल वडा कार्यालय रहेको छ। भवन पुरानो भई जिर्ण बनेकाले नयाँ भवन निर्माणको प्रक्रिया सुरु गरिएको वडाध्यक्ष भट्टराईले बताए । हालको वडा कार्यालय भवन भएको ठाउँबाट करिब ३ सय मिटर दक्षिणमा भवन निर्माण गर्न सुरु गरिएको छ।

भवन निर्माणकालागि स्थानीय राम बहादुर पौडेलले ७ कठ्ठा जग्गा निशुल्क दान दिएका थिए। गौरादह नगरपालिकाबाट बिनियोजित ५० लाखको बजेटबाट वडा कार्यलय भवन निर्माण गरिने भवन निर्माण समितिका अध्यक्ष हरि पौडेललेले जानकारी गराए।

भवन ट्वाइलेट बाथरुम सहितको एक तले ८ कोठाको हुने निर्माण समितिका सचिव दिवश पति पोख्रलेले बताए। भवन असार मसान्त भित्रमा निर्माण कार्य सम्पन्न गरिने जनाईएको छ।

तपाईको प्रतिक्रिया