Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

काठमाडौं, २४ फागुन । पश्चिमी वायुको प्रभावले शनिबार उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताइन् ।

‘प्रि मनसुनको समय भएकाले पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव पनि रहेको छ’–उनले भनिन् । वर्षा निरन्तर नभइ केही समय रोकिँदै फेरि हुने बताइएको छ ।

यस प्रणालीको प्रभाव शनिबार बेलुकासम्ममात्र कायम रहने र भोलिबाट मौसम क्रमशः सुधार हुँदै जाने मौसमविद्को भनाइ छ ।

हाल देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ देशको पश्चिमी भू–भागका केही स्थानलगायत मध्य र पूर्वी भू–भागमा वर्षा भइरहेको जनाइएको छ ।

आइतबार पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एकरदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको औंल्याइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको तथा यसका साथै उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।रासस

तपाईको प्रतिक्रिया