Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, २० फागुन । स्थानीय कार्य योजना सम्बन्धि कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नव प्रभात नेपालको आयोजना तथा एन्सेट को सहकार्यमा सम्पन्न कार्यशालामा जोखिम ठाउँको पहिचान गरि त्यसलाई न्यूनीकरणको लागी गर्नुपर्ने कार्यहरूको विषयमा अन्तरक्रिया गरिएको हो ।

त्यस अवसरमा कमल गाउँपालिकाकाको सबैभन्दा बढी जोखिमको क्षेत्र कमल १ लाई पहिचान गरि सम्भाब्य जोखिम न्यूनीकरणको निम्ति यस क्षेत्रलाई लक्षित कार्यक्रम ल्याइएको कार्यक्रमका संयोजन दुर्गानन्द चौधरीले बताए ।

वडा नम्बर १ का वडा अध्यक्ष केदार कटुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं.१ का वडा सदस्यहरु, टोल विकास समितिका अध्यक्षहरु, शिक्षक, अभिभावक लगायत स्थानीयको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया