मंगलबार, चैत्र ०७, २०७९
Tuesday, March 21, 2023

काठमाडौं, १९ फागुन । चीनबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उनीहरुको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताउँदै आजै घर फर्काइने जानकारी दिए । डाक्टर देवकोटाले भने, ‘सबै जनाको ल्याब रिपोर्ट आइसकेको छ र नेगेटिभ देखिएको छ ।

खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोभिड-१९ को संक्रमण नदेखिएको हो ।क्वारेन्टाइनमा राखिएका नेपालीहरुको चीनबाट नेपाल आएको दिन पहिलो पटक नमुना परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो।उनीहरुको दोस्रो पटकको नमुना शनिबार संकलन गरिएको थियो।

उनीहरुलाई ल्याउने विमानका चालक दलसहितका १८ जनाको टिममा पनि कोरोनाको संक्रमण नपाइएपछि हिजो नै चालक दलका टिम आइतबार नै घर फर्किसकेका छन्। उनीहरुलाई भने नगरकोट क्वारेन्टाइनमा राखिएको थियो।कान्तिपुर

तपाईको प्रतिक्रिया