Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

महोत्तरी, १५ फागुन । नेकपा (माले) महासचिव सीपी मैनाली सवारी दुर्घटनामा गंभिर घाईते भएका छन् ।

महोत्तरीको बर्दिबास नगरपालिका–३ रातुको पुलमा भएको दुर्घटनामा मैनालीको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ ।

कारमा सवार मैनालीका छोराबुहारी, नाति र चालक पनि घाईते भएको प्रहरीले जनाएको छ ।

मैनालीको अहिले बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाईले जानकारी दिए ।

बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोकिएर दुर्घटना भएको हो ।इमेजखबरबाट साभार

तपाईको प्रतिक्रिया