Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ११ फागुन । सरकारले दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ ।

श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रोकेको हो । गत हप्ता करिब २ दर्जन कामदार तालिका अनुसार उड्न पाएनन् ।

आगामी फागुन १८ गतेलाई ४० जना कामदार पठाउने गरी कार्यसूची बनाए पनि अवस्था सहज नहुने देखिएको शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।

उनले कोरियास्थित दूतावाससँग सल्लाह गरेरै उडान रोकिएको बताए । सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । तर, कोरियामा कोरोनाको संक्रमण फैलिँदै गएपछि आफ्ना नागरिकलाई सुरक्षित राख्न त्यहाँको अवस्था हेरेर मात्रै कामदारलाई पठाउन सुरु गरिएको खनालले बताए ।

तपाईको प्रतिक्रिया