बुधबार, चैत्र १५, २०७९
Wednesday, March 29, 2023

गौरादह, १० फागुन । गौरादह नगरपालिका-१ मा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । गौरादह नगरपालिका वडा नं.१ को स्वास्थ्य चौकी भवनमा संचालन गरिएको आँखा शिविरमा २५ जना मोतिया बिन्दुका बिरामी भेटिएका छन।

जागरुक महिला समूह गौरादह र वडा नं.१ को वडा कार्यालयको संयुक्त आयोजनामा संचालन गरिएको निःशुल्क आँखा शिविरमा गौरादह नगरपालिका र कमल गाउपालिका भित्रका २ सय जनाले आँखा परिक्षण गराएका थिए।

बिर्ता आँखा अस्पताल बिर्तामोडको प्रविधिक सहयोगमा संचालन भएको शिविरमा निःशुल्क आँखा परिक्षण, औषधि वितरण र सहुलियत मुल्यमा चस्मा वितरण गरिएको थियो। शिविरमा भेटिएका मोतिया बिन्दुका बिरामीहरुलाई बिर्ता आँखा अस्पतालमा निःशुल्क अपरेसन गरिने अस्पतालका सिनियर नेत्र अधिकृत भवानी पाठकले जानकारी गराए।

शिविर सम्पन्न हुनसाथ बिरामीहरुलाई तुरुन्तै अस्पताल नलगीने र बिरामीको समय अनुकुल मिलाएर अस्पताल आउदा निःशुल्क अपरेसन गरिने अधिकृत पाठकले बताए । शिविरमा बिर्ता आँखा अस्पतालका ४ जनाको टोलिले आँखा परिक्षण गरेको थियो। शिविरमा आँखा परिक्षण गर्न आएका बिरामीहरुमा मोतियाबिन्दुका बिरामीहरु बाहेक अधिकांश आँखामा मासु पलाएका बिरामीहरु भेटिएको शिविर प्रमुख पाठकले बताए ।

वडा भित्र रहेका वडावासिहरुलाई सहजरुपमा आँखाको उपचार गराउन वडा नं १ को आर्थिक सहयोगमा शिविर संचालन गरिएको वडा नं १ का वडाध्यक्ष नगेन्द्र भन्डारीले बताए । जागरुक महिला समूह गौरादहकी अध्यक्ष गंगा कार्कीको सभापतित्वमा शिविर सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया