बुधबार, चैत्र १५, २०७९
Wednesday, March 29, 2023

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा संचार प्रविधि मन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरेका छन् । बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए ।

सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए। उनले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका थिए।

बाँस्कोटाले राजीनामा दिएपछि खाली भएका मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडा र यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई दिइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया