Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २ फागुन । सरकारको नेतृत्व सम्हालेको दुई बर्ष पुगेको अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्वोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीले आज दिउसो २ बजेबाट बस्ने प्रतिनिधिसभाको सुरुमै सम्बोधन गर्नुहुने भएको हो । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकतापछि बनेको सरकारको नेतृत्व गरिरहेका ओली २०७४ फागुन ३ मा प्रधानमन्त्री बन्नुभएको थियो ।

फागुन ३ अर्थात भोली मात्रै उहाँ प्रधानमन्त्री बनेको २ वर्ष पुरा हुँदैछ । यद्यपि भोली शनिबार परेकाले उहाँले आज बस्ने प्रतिनिधिसभा बैठकलाइ सम्बोधन गर्न लाग्नुहुने भएको हो ।

सम्बोधनका क्रममा उहाँले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका काम कारवाही र समसामयिक घटनाक्रमका बारेका बोल्नुहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया