शुक्रबार, चैत्र १७, २०७९
Friday, March 31, 2023

काठमाडौं, २१ माघ । प्रमुख प्रतीपक्षी दल कांग्रेस सांसदले ठगी गरेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ। प्रतिनिधिसभाकी सांसद पार्वता डिसी चौधरीविरुद्ध सचिवालयमा सोमबार उजुरी परेको हो। सांसद चौधरीले भने उक्त उजुरीमाथि जवाफ दिइसकेको बताइन्।

दाङको तत्कालीन गढवा गाविसका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले चौधरीमाथि ८ लाख ठगी गरेको आरोप लगाएर उजुरी दिएको संसद सचिवालयले जनाएको छ।

कांग्रेस सांसद चौधरी प्रतिनिधिसभामा समानुपातिक कोटाबाट आएकी हुन्। उनी दाङ–१ बाट दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएकी थिइन्।

तपाईको प्रतिक्रिया