Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १३ माघ । नेपालमा फेरि एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको प्रमाणित भएको छ । नोबेल कोरोना भाइरसको शंकामा स्याम्पल परीक्षणका लागि हङकङ पठाइएका २ जनामध्ये एक जनामा सो भाइरसको संक्रमण भएको प्रमाणित भएको हो ।

यसअघि एकजनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । ल्याब टेष्टका लागि हङकङ पठाइएको स्याम्पल रिपोर्टमा नोबेल कोरोना भाइरस देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । योसहित नेपालमा २ जनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

दोश्रोपटक स्याम्पल परीक्षण गर्न २ बिरामीलाई पठाइएको थियो । शंका गरिएकामध्ये एक जनामा कोरोना भाइरस संक्रमण भएको अस्पताल स्रोतले जनाएको छ । संक्रमण नदेखिएपछि एक जनालाई भने डिस्चार्ज गरिएको छ । संक्रमितलाई अस्पतालको आईसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ ।

चीनको हुवानबाट सुरु भएको सो भाइरसको संक्रमणबाट त्यहाँ हालसम्म ८१ जनाको ज्यान गइसकेको छ । करिब २ हजार ७ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया