Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

एजेन्सी
काठमाडौं, २६ पुष । सर्पले टोकिहालेको अवस्थामा तुरुन्त अपनाउनुपर्ने तरिकाबारे जानिराखौँ ।

सर्पको विष तीन प्रकारका हुन्छ । यसमा हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक समावेश छन् ।

हिमोटोक्सिकः यसले रक्त कोशिकामा आक्रमण गर्दछ । शरिरमा थुप्रै स्थानबाट रक्तश्रावको लक्षण र रगतको बान्ता ।

न्यूरोटक्सिकः यसले शरिरको स्नायू प्रणालीमा आक्रमण गर्दछ ।

मायोटक्सिकः यस्तो विष भएका सर्प समुन्द्रमा पाइने भएकाले नेपालमा यसको संख्या सून्यको स्थितीमा छ ।

सर्पले टोक्दा अपनाउनुस् यी घरेलु उपायः

१. सुई निकालिएको इन्जेक्सन लिएर टोकेको स्थानबाट रगत तान्नुहोस् । यसलाई ५ देखि ७ पटक दोहोराउनुहोस् ।

२. घाउलाई चिसो पानीले पखाल्नुहोस् ।

३. सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्नुहोस् । यसले संक्रमणको खतरा कम हुन्छ ।

४. चिसो माटोको पट्टी बनाउनुहोस् र त्यसलाई टोकेको स्थानमा राख्नुहोस् । यसलाई हरेक १० मिनेटमा परिवर्तन गर्नुहोस् ।

५. घाइतेलाई सुत्न नदिनुहोस् । दुधमा गाइको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् ।

६. लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुने गर्दछ ।

७.मूलाको पात रगढ्दा जलन कम हुन्छ ।

तपाईको प्रतिक्रिया