Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २१ पुष । सरकारी छात्रवृत्तिमा अध्ययन गरेका तर खटाएका ठाउँमा नजाने चिकित्सक कारवाहीमा पर्ने भएका छन् । अध्ययन पूरा गरेपछि सम्पर्कमै नआउने विशेषज्ञ चिकित्सक पनि कारवाहीमा पर्ने छन् । सरकारी छात्रवृत्तिमा अध्ययन गर्ने २० प्रतिशत चिकित्सक तोकिएको स्थानमा जाँदैनन् । जुन वर्षौदेखिको समस्या हो ।

सोमबार गोरखापत्रमा एउटा सूचना छापियो । सम्पर्क राख्न आउने अत्यन्त जरुरी सूचना शीर्षकमा सूचना जारी भएको छ । सूचना हो, छात्रवृत्तिमा अध्ययन गर्ने चिकित्सकका लागि । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्ज क्याम्पसबाट डर्माटोलोजीमा एमडी गरेकी डाक्टर सोनिया कोइरालालाई सात दिनभित्र सम्पर्कमा आउन मन्त्रालयले भनेको छ ।

कोइराला उदाहरण मात्र हुन् । यस्ता २० प्रतिशत चिकित्सक सरकारी रकममा पढ्ने तर, तोकिएको स्थानमा सम्पर्कमा नआउने समस्या रहेको छ । यो स्वास्थ्य मन्त्रालयले दिएको जानकारी हो । छात्रवृत्तिमा अध्ययन गर्दा विशेषज्ञ चिकित्सकले जति वर्ष अध्ययन गरेको हो त्यती नै वर्ष सरकारले तोकेको स्थानमा काम गर्नुपर्ने कार्यविधि रहेको छ । यदि कार्यविधि अनुसार काम नगरे सरकारको लगानी असुल उपर गर्ने कारवाही हुनेछ ।

मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरेर खटाएको ठाउ नजाने सबै चिकित्सकलाई कारबाही गरिने र यदी विदेश भए पासपोर्ट सम्म रद्द गरिने बताएको छ । सरकारले २०७२ देखि एमडिएमसमा छात्रवृत्तिमा पढाउन थालेको हो । छात्रवृत्तिमा खुलातर्फबाट नाम निकाली अध्ययन गरेका चिकित्सकले सुगम र दुर्गममा गरी निश्चित समय खटाएका स्थानमा सेवा दिनुपर्ने प्रावधान छ ।

एक विशेषज्ञ चिकित्सक उत्पादन गर्न सरकारको करिब २५ लाख लगानी गर्छ । हाल विभिन्न विषयमा ७ सय जनाले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । १ सय ४० जना पूर्ण रुपमा उत्पादन भैसकेका छन् तर, अधिकाश दुर्गम गएका छैनन् छात्रवृत्तिमा पढेका हरेक बर्ष १ सय ४० चिकित्सक उत्पादन हुन्छन् ।न्युज२४

तपाईको प्रतिक्रिया