Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

एजेन्सी

काठमाडौं, १४ पुष । तपाईंले मञ्जन दाँत सफा गर्नबाहेक के कालागि प्रयोग गर्नुहुन्छ ? धेरैलाई यसबारे थाहा नहोला कि मञ्जनलाई विभिन्न समस्यामा उपयोग गर्न सकिन्छ । वास्तवमा, मञ्जनमा हुने एन्टीजर्म्स, एन्टीब्याक्टेरियल तत्वले यसलाई बहुउपयोगी बनाएको हो । आज हामी तपाईंलाई मञ्जनलाई कस्ता समस्यामा प्रयोग गर्न सकिन्छ भन्ने बारे जानकारी दिँदैछौं ।

डण्डीफोर हटाउँछः
यदि तपाईंलाई डण्डीफोरको समस्याले सताएको छ भने मञ्जनले तपाईंलाई सहयोग गर्नेछ । मञ्जनमा एन्टीब्याक्टेरियल तत्वका कारण छाला चाँडै नै ठिक हुने गर्छ । यसका लागि राती सुत्नुअघि डण्डीफोरमा मञ्जन लगाउनुहोस् र बिहान उठेर धुनुहोस् । मञ्जनले रातभरी डण्डीफोरको तेल सोसेर त्यसलाई सुकाइदिन्छ । तर कतिलाई मञ्जनको एलर्जी पनि हुन्छ त्यसकारण यसलाई उपचारका लागि अपनाउनुअघि परीक्षण गर्नुहोस् ।

जुत्ता पालिस गर्नुहोस्ः
मञ्जनले तपाईं छालाको जुत्ता पनि सफा गर्न सक्नुहुन्छ । यसका लागि थोरै मञ्जन लिएर नरम कपडाले जुत्तामा रगड्नुहोस् र त्यसपछि सफा कपडाले सफा गर्नुहोस् । यसले तपाईंको छाला जुत्ता चम्किलो हुन्छ ।

गहनालाई चम्काउनुहोस्ः
यदि तपाईं आफ्नो सुन र चाँदीको गहनालाई टल्काउन चाहनुहुन्छ भने मञ्जन प्रयोग गर्नुहोस् । यसका लागि मञ्जनलाई ब्रसमा राख्नुहोस् र पानी राखेर रगड्नुहोस् । त्यसपछि पानीले धोएपछि गहना सफा र चम्किलो पाउनुहुनेछ ।

मेनिक्योरमा उपयोगीः
तपाईंको हातको सफाई अर्थात् मेनिक्योर, घर बसीबसी मञ्जनको सहायताले गर्न सक्नुहुन्छ । यसका लागि पानीमा थोरै मञ्जन मिसाएर हात डुबाउनुहोस् र टुथब्रसको सहायताले सफा गर्नुहोस् । यसले हात सफा हुनुका साथै हातबाट ब्याक्टेरिया पनि नष्ट हुन्छ ।

दाग धब्बा मेटाउँछः
कपडाबाट दाग धब्बा मेटाउनका लागि मञ्जनले निकै सहयोग गर्दछ । यसका लागि दागमा थोरै मञ्जन लगाएर रगड्नुहोस् र राम्रोसँग धुनुहोस् ।

रंग सफा गर्नुहोस्ः
धेरैजसो बच्चाहरु आफ्नो कलरले घरको भित्तामा लेख्ने गर्दछन् । यदि तपार्ईंको घरको भित्ता पनि यसरी नै खराब भएको छ भने त्यसमा मञ्जन लगाएर रगड्नुहोस् र सफा गर्नुहोस् ।

सिडीको स्क्र्याच हटाउँछः
सिडी निकै चाँडो स्क्र्याच हुन्छ । यदि तपाईं पनि सिडी वा डिभीडीमा परेको स्क्र्याचलाई सफा गर्न चाहनुहुन्छ भने मञ्जनको प्रयोग गर्नुहोस् । यसका लागि नरम कपडामा मञ्जन राख्नुहोस् र पुछ्नुहोस् ।

पोलेको भागमा राहत दिन्छः
आगोले होस् वा किराले टोकेर पोलेको ठाउँमा मञ्जन लगाउँदा निकै आराम महसुस हुन्छ । पोलेको घाउमा मञ्जन लगाउँदा दागधब्बा पनि हराउँछ ।

नङलाई चम्किलो बनाउँछः
मञ्जनले दाँतलाई इनामेलजस्तै नङको पनि सुरक्षा गर्छ । नियमित रुपमा नङ पालिस लगाउँदा नङ खराब हुन्छ । त्यसकारण यदि तपाईं स्वस्थ नङ चाहनुहुन्छ भने मञ्जनको प्रयोग गर्नुहोस् । त्यसका लागि नङ पालिस हटाएर केही बेरका लागि मञ्जन लगाउनुहोस् यसले नङ चम्किलो र स्वस्थ बनाउँछ ।

तपाईको प्रतिक्रिया