Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ९ पुष । गौरादह नगरपालिका-५ को स्कुलचौनमा संचालन गरिएको २ दिने क्यान्सर रोकथाम, नियन्त्रण, परिक्षण सम्बन्धि निशुल्क शिविरमा ९ सय ३० जनाले स्वास्थ्य परिक्षण गराएका छन। गौरादह नगरपालिकाका साथै वडा नं.५ को स्कुलचौनमा रहेका महारानी झोडा साना किसान कृषि सहकारी संस्था,महारानी झोडा बचत तथा ऋण सहकारी संस्था,जनहित बचत तथा ऋण सहकारी संस्थाले संयुक्तरुपमा शिविरको आयोजना गरेका थिए।

बि.पि.मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा नाक,कान, घाँटी र महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण गरिएको थियो।

नाक, कान, घाँटीको परिक्षणमा अधिकांश सामान्य बिरामी भेटिएपनि १७ जना क्यान्सरको जोखिममा रहेका बिरामीहरु भेटिएको डा.गम्भीर श्रेष्ठले जानकारी गराए। महिलाको स्तन तथा पाठेघर परिक्षणमा ८ जना क्यान्सरका संभावित बिरामीहरु भेटिएको र अधिकांश पाठेघरको संक्रमणका बिरामीहरु भेटिएका वरिष्ठ नर्सिङ अधिकृत अयोध्या पाठकले जानकारी गराईन्।

शिविर संचालन गरेको अन्तिम दिन रक्तदान कार्यक्रम संचालन गरिएको थियो।नेपाल रेडक्रस सोसाईटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा ३५ पिन्ट रगत संकलन भएको थियो। रक्तदानमा ९ जना महिला सहित ३५ जनाले रक्तदान गरेका थिए।

समापनको अवसरमा बि.पि.मेमोरियल क्यान्सर रोकथाम नियन्त्रण अनुसन्धान बिभाग, तालिममा सहभागी ४० जना, गरिमा कन्डेल मेमोरियल ट्रष्टलाई सम्मानपत्र प्रदान गरिएको थियो।महारानी झोडा सानाकिसान कृषि सहकारी संस्था अध्यक्ष मिना ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा.भोला सिवाकोटी प्रमुख अतिथि रहेका थिए।

जनहित बचत तथा ऋण सहकारी संस्था अध्यक्ष योगेस आचार्य, स्थानीय कपिलमणि काफ्लेले शुभकामना मन्तब्य राखेका थिए।गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले स्वागत मन्तब्य राखेको कार्यक्रममा महारानी झोडा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष मित्रदेब काफ्लेले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया