Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

२०७६, मंसिर २३ । एउटा सर्वेक्षण अनुसार जुन महिलाहरुले पाँचदेखि आठ हप्तासम्म नियमित हेयर स्ट्रेटनरको प्रयोग गर्छन् । उनीहरुमा स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

केशमा प्रयोग हुने विभिन्न केमिकल र हेयर डाईको प्रयोगले कपाललाई नोक्सान पुर्‍याउँछ भन्ने कुरा त सबैलाई थाहा छ । तर, हालै गरिएको एउटा सर्वेक्षणले यो ब्रेस्ट क्यान्सरसँग सम्बन्धित भएको पत्ता लगाएको छ । शोधकर्ताहरुका अनुसार जुन महिलाहरु स्थायी हेयरडाई र रसायनिक हेयर स्ट्रेटनरको प्रयोग गर्छन् । उनीहरुमा अन्य महिलाको तुलनामा स्तन क्यान्सर विकसित हुने खतरा धेरै हुन्छ । इन्टरनेशनल जर्नल अफ क्यान्सरमा प्रकाशित यो अध्ययनले उक्त कुरा पत्ता लगाएको हो ।

अमेरिकाको नेशनल इस्टिट्यूट अफ एन्भायर्नमेन्टल हेल्थ साइन्सेजको लेखक एलेक्जेन्ड्रा व्हाइटद्वारा गरिएको उक्त सर्वेक्षणमा कपाल डाई र क्यान्सरको गहिरो सम्बन्ध भएको र यसको परिणाम असंगत भएको बताइएको छ ।

शोधकर्ताहरुको अध्ययन अनुसार कपालमा ड्राईको बढी उपयोगले स्तन क्यान्सर हुन्छ भन्ने खुलाएको छ । यसको प्रभाव अफ्रिकी तथा अमेरिकी महिलाहरुमा धेरै हुने देखिएको छ । त्यसमा पनि विशेष गरेर त्यस्ता व्यक्तिहरुमा धेरै हुन्छ जसले यसलाई दिनहुँ प्रयोग गर्छन् ।

सिस्टर स्टडीमा ४६ हजार ७ सय ९ जना महिलाहरुको डाटाको उपयोग गर्दै नेशनल इन्स्टिच्युट अफ एन्भायर्न मेन्टल हेल्थ साइन्सेजका शोधकर्ताले अनुसन्धान गरेका थिए । उनीहरुका अनुसार जो महिलाहरुले यो सर्वेक्षणमा भाग लिएका छन् । उनीहरुमा पहिले वर्षमा नै नियमित रुपले स्थायी हेयर डाईको प्रयोग गरिएको थियो । तिनीहरुमा ती केश ड्राई कम गर्ने महिलाहरुको तुलना नियमित डाई गर्ने महिलाहरुमा ब्रेस्ट क्यान्सर हुने सम्भावना नौ प्रतिशतले धेरै थियो ।

यसबाहेक एउटा अति नै महत्वपूर्ण सर्वेक्षणले पनि रसायनिक केश स्ट्रेटनर र स्तन क्यान्सरको गहिरो नाता भएको पत्ता लगाएको छ । जुन महिलाहरुले डेढ महिनादेखि दुई महिनासम्म नियमित हेयर स्ट्रटनरको प्रयोग गर्छन् । उनीहरुमा स्तन क्यान्सरको हुने सम्भावना १० प्रतिशत बढी हुन्छ ।

उक्त अध्ययनले स्ट्रेटनरको प्रयोग र स्तन क्यान्सरबीच सम्बन्ध अफ्रिकी तथा अमेरिकी र श्वेत महिलाहरुमा समान रुपले हुने गरेको बताएको छ । तर, स्ट्रेटनरको प्रयोग अफ्रिकी अमेरिकी महिलाहरुको बीच धेरै सामान्य थियो ।

त्यस्तै, सर्वेक्षणकर्ताहरुले रासायनिक स्ट्रेटनरको प्रयोग गर्दा त्यस्ता केही किरणहरु निस्कन्छन् । जसले ब्रेस्ट क्यान्सरलाई बढाउँछ भन्ने कुरा प्रस्ट पारेका छन् । उक्त सर्वेक्षणमा महिलाहरुले किन आफ्नो केश डाई गर्न बन्द गर्नुपर्छ भन्ने प्रश्न पनि उठेको थियो । उक्त प्रश्नमा लेखक डेल सेन्डलरका अनुसार सर्वेक्षणमा त्यस्ता विभिन्न कुराहरु पाईयो । जुन सम्भवतः स्तन क्यान्सर हुनमा योगदान पुर्‍याउन सक्छ । लामो समयसम्म डाईको प्रयोग हानिकारक हुन्छ । यसले महिलाहरुमा मात्र नभएर पुरुषहरुमा पनि अन्य धेरै रोगहरु हुने खतरा बढ्न सक्छ ।

तपाईको प्रतिक्रिया