Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ४ जेठ । धान सूपर जोन बनियानीमा भारतीय कृषकले नेपालीको जमिन भाडामा लिएर धान खेति गर्न थालेका छन् ।

भारत किसनगञ्ज, सुखनी थानाका कृषक महिम अलीले नेपालीको साढे ६ बिगा जमिन भाडामा लिएर धान खेति गर्दै आएका छन् ।
उनले बिगत दश वर्षदेखि धान खेति गर्दै आएका थिए । बनियानीमा धान सूपर जोन कार्यालय स्थापना भएपछि भारतीय कृषक महिमले चैते धान खेतिपनि सुरु गरेका छन् ।
उनले भने, हिउँदे धान मात्र लगाएकोमा सूपर जोन आएपछि चैते धान लागाउन थालेको हो ।
भारतीय कृषक महिमले वार्षिक प्रति बिगाह २० मन धान दिने शर्तमा जमिन भाडामा लिएका हुन् । महिमसहित चारजना भारतीय कृषकले खेति गर्दै आएका छन् ।

भारतमा आफ्नो जमिन नभएपछि उनीहरु नेपालमा खेति गर्न आएको बताउँछन् । उनले भने, भारतमा हाम्रो जमिन छैन, गरिव मान्छे, काम नगरि हुँदैन । बिहान नेपाल आउने र रात परेपछि भारत फर्कने गरेको महिमले बताए ।
भारतीय कृषक नेपालमा आएर खेति गरिरहँदा नेपाली कृषकका जमिन भने बाँझै छन् । नेपालको जमिन बाँझो भएको देखेर महिम भन्छन्, भारतमा जमिन बाँझो हुँदैन, उहाँ त खेति गर्ने जमिन भाडामा पाईँदैन ।

उत्पादन भएको धानको आम्दानीबाट जीविकोपार्जन गर्ने गरेको महिमले बताए । उत्पादित धानको मूल्य जता धेरै हुन्छ उतै बिक्री गरेका छन् । भारतमा मूल्य धेरै भए उतै लान्छौ, यता मूल्य धेरै हुँदा यतै बिक्री गर्छौ, उनले बताए ।
नेपालमा लगाएको धान खेतिमा उनीहरुले औषधि, मल भारतबाटै लिएर आउने गरेका छन् । नेपाली कृषकको भन्दा भारतीय कृषकले राम्रो मेहनत गर्ने सूपर जोन संचालक समितिका सह–सचिव कनैयालाल गणेशले बताए ।

उनले सूपर जोन कार्यालय स्थापना पछि चैते धान लगाउन थालेका हुन् । सह-सचिव गणेशले भारतीय कृषक धान खेति गर्न नेपाल आउँछन् तर नेपालका कृषकका सयौं बिगाह जमिन बाँझै रहेको बताए ।
धान सूपर जोन बनियानीका बरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले धेरै नेपाली कृषकको खेतिमा जाँगर नभएको बताए ।
उनले सरकारी अनुदानका लागि भने कृषक सक्रिय हुने बताए । उनले भने, अनुदानका भरमा मात्र कृषिको उन्नती हुँदैन ।
अधिकृत तिमल्सीनाले बाँझो जमिन राख्ने कृषकलाई सरकारले जरिवाना गर्ने नीति लिनु पर्ने बताए । उनले कृषकको कृषिमा आकर्र्षण नबढे सम्म कृषिको प्रगति सम्भव हुँदैन ।

तपाईको प्रतिक्रिया