Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठमाडौं, चैत ७ । सातै प्रदेशका मुख्यमन्त्रीहरु संगको भेट पछि प्रधानमन्त्रीले छिट्टै नेपाल सरकारको तर्फबाट स्वेत पत्र जारी गर्ने बताएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्रीसँग आजको लगातार ६ घन्टा लामो छलफल र बैठक पछि स्वेत पत्र मार्फत प्रदेशका समस्याहरु तत्काललाई सम्बोधन गरिने बताएका हुन् ।

बुधबार बिहान सवा ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठक साँझ सवा ५ बजे सकिएको हो।

बैठकमा प्रदेश सरकारले भोग्नु परेका कर्मचारी, कानून र बजेट अभावका विषयमा सातै मुख्यमन्त्रीले आफ्ना धारणा राखेका थिए।

‘हामीले प्रदेश सरकारमा गाडी नभएकोदेखि केन्द्रबाट गएका कर्मचारी असहयोग गरेसम्मका कुरा सुनाऔं,’ बैठकपछि संवाददातासँग कुरा गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘केन्द्र र प्रदेश सरकारको तालमेल, राजश्व बाँडफाँडका विषयमा पनि छलफल भयो।’

बैठकमा केन्द्र सरकारका मन्त्रीसँगै प्रदेशका प्रमुख सचिवहरुको पनि उपस्थिति थियो। केन्द्रीय मन्त्रीले आफ्नो मन्त्रालय मातहतका तहमा भएका समस्याबारे सुनाएका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments