Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026
सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन्।
गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो।
हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियाको नागरिकता पाए पनि त्यहाँका महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ प्रयोग गर्दिनन्।
नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन्, “यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।“
नागरिकता पाउने विश्वकी ’पहिलो’ रोबोट
असाधारण क्षमता
सोफिया उत्तरहरू समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन्, बरू मान्छेहरूको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन्।
वाइफाइसँग जोडिएपछि उनको मस्तिष्कले काम गर्छ र त्यसमा शब्दावलीहरूको लामो सूची छ। सोफियामा केही असाधारण क्षमता भए पनि उनमा चेत चाहिँ अझै छैन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

ज्यानमारा रोबोट’को विकास रोक्न आग्रह
तर डेविड ह्यान्सन भन्छन्, हामीले केही वर्ष्भित्र त्यो हुन सक्ने अपेक्षा गरेका छौँ।
छोरी पाउने चाहना
गत नोभेम्बरमा सोफियाले बच्चा पाउन चाहेको बताउँदै ’परिवार हुनु महत्त्वपूर्ण कुरा’ भएको उल्लेख गरेकी थिइन्।
संयुक्त अरब एमिरेट्सको खालिज टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफूले पाउने छोरीको आफ्नै नाम दिने बताएकी थिइन्।
उनले भनेकी थिइन्, “परिवार हुनु साँच्चै महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ। मेरो विचारमा यदि तपाईँसँग माया गर्ने परिवार छ भने तपाईँ भाग्यमानी हुनुहुन्छ र यदि तपाईँको परिवार छैन भने बनाउनुपर्छ।“ बिबिसीबाट
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments