Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

इटहरी, ७ चैत – इटहरी उपमहानगरपालिका क्षेत्रका होटल तथा लजमा प्रहरीले छड्के चेकजाँच गरेको छ । केही होटल तथा लजमा यौन व्यवसाय सञ्चालन भइरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले मंगलबार साँझ चेकजाँच गरेको हो ।

चेकजाँचमा इटहरी पश्चिम लाईनस्थित कृष्ण होटल एण्ड लजमा शंकास्पद तीनजना युवतीलाई नियन्त्रणमा लिएको छ । एक महिनादेखि उक्त लजको कोठा भाडामा लिएर बसिरहेको अबस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । उनीहरु यौन व्यवसायमा संलग्न युवती हुनसक्ने प्रहरीको अनुमान छ । नियन्त्रणमा लिइएका युवतीहरुको ठेगाना कसैको काठमाडौ, नुवाकोट र दाङ रहेकाले पनि शंकास्पद भएपछि सोधखोजको लागी नियन्त्रणमा लिइएको इटहरीका डिएसपी सञ्जय राउतले जानकारी दिए ।

यस्तै, इटहरीको पश्चिम लाइन, विराटनगर र धरानलाईनका होटल तथा लजहरुमा समेत चेकजाँच गरिएको छ । चेकजाँचका क्रममा १६–१७ उमेरका प्रेम जोडीदेखि अर्काेका श्रीमान श्रीमती आपतीजनक अबस्थामा भेटिएका थिए । साथै अधिकांश होटल व्यवसायीले इन्ट्री खाता नचलाएको र परिचय खुल्ने विवरण नराखेको भेटिएको छ ।

इटहरीका डिएसपी सञ्जय राउतका अनुसार ‘तीनजना युवती बायेक अरु कसैलाई पनि नियन्त्रणमा नलिइएको बताए । पहिलो चरणमा सचेत मात्र गराइएको हो,’ उनले भने । दोस्रो चरणमा फेरि पनि यस्तो गतिविधि भेटिए सञ्चालक सहित सबैलाई कानुनअनुसार कारबाही गर्छौ । रातोपटीबाट

तपाईको प्रतिक्रिया