Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

अनलाइन बिचार, चैत्र १ । गञ्जबहादुर दाहाल निरन्तर पत्रकारिताको समर्पणले चिनिएका व्यक्तित्व हुन् । ३० को दशकदेखि नथाकी निरन्तर पत्रकरिता गर्दै आएका गञ्जबहादुर दाहाल झापाली पत्रकारिताको पुराना पुस्ताका एक अग्रणी व्यक्तित्व हुन् । हाल जनज्योति साप्ताहिक तथा पूर्व सन्देश दैनिकका प्रकाशक÷सम्पादक रहेका गञ्जबहादुर दाहालसँगको अन्तरङ्ग कुराकानी ।

पत्रकारितामा कसरी लाग्नुभयो ?
साँच्चै भन्नु पर्दा म बुझेर होइन । आवश्यकताले लागेको हुँ । मलाई जागिरको आवश्यकता थियो । तात्कालिन समय सूर्योदय साप्ताहिकबाट मैले उप सम्पादक भई २०३२ सँगै यो कर्ममा लागेको हुँ । वसन्त खड्का त्यसका सम्पादक थिए ।

त्यो बेलाको सन्दर्भ बताउन मिल्ला ?
म सूर्योदयमा ३७ सालसम्म रहेँ । त्यो बेला जिल्लाबाट सूर्योदय, विवेचना, आलोक, युगज्ञान र सिद्धार्थ साप्ताहिक पत्रिका मात्र निस्कन्थे । मैले जनज्योति मासिकको सम्पादक भई २०३७ बाट २०३९ सम्म काम गरे । २०३९ मा जनज्योति साप्ताहिक दर्ता गरी निरन्तरता दिइरहेको छु ।

तपाइका समकालिन र अग्रज झापामा को को हुन् ?
नकुलकाजी, डिल्लीराम निर्भिक, वसन्त कुमार खड्का मेरा अग्रज हुन् । मदन ढकाल, द्रोर्णचार्य क्षेत्री, गोपीकृष्ण खनाल, गोविन्द चन्द्र क्षेत्री मेरा समकालिन हुन् ।

पत्रकारिता के रहेछ नी ?
यो नशा र पेशा दुवै हो । सञ्चार, सम्पर्क र सामाजिक जिम्मेवारी पनि हो ।

अनि जिन्दगी नी ?
यो त यात्रा रहेछ । निरन्तर अग्रगतिमा बढिरहने । आशाको र समर्पणको हामी यात्री रहेछौ ।

पहिलेको पत्रकारिता र अहिलेकोमा के भिन्नता देख्नु हुन्छ ?
पहिले ज्यादा गम्भिर बन्नु प¥थ्यो तौली तौली शब्द चलाउनु पथ्र्यो । सञ्चारमा स्वतन्त्रता थिएन । व्यवसायिकता पनि थिएन । अहिले स्वतन्त्रता लगाम विनाको घोडा नै भयो । मर्यादित बन्न सकेन । तर राम्रो पक्ष व्यवसायिक हुँदै गएको छ ।

यो क्षेत्रमा लाग्नेलाई तपाइको के सुझाव छ ?
संकल्प, अठोट, इमान्दारिता, लगनशीलता र निरन्तरता हुनै पर्छ । कहिल्यै मात्तिनु हुँदैन र कहिल्यै आत्तिनु हुँदैन । प्रलोभन, आग्रह, पूर्वाग्रह भयो भने यो क्षेत्रमा टिक्दैन । सोचेर लाग्नुस् भन्छु ।

तपाईको प्रतिक्रिया