Online Bichar
सोमबार, मंसिर ०१, २०८३ | Monday, November 16, 2026

विराटनगर, २६ भदौ ।  डेंगुको संक्रमण पुष्टि भएका एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ भूमि प्रशासन चोकका राजकुमार शर्माका छोरा १८ वर्षीय अविनाश शर्माको मृत्यु भएको हो । अविनाश विराटनगर–१० मा रहेका शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए ।

काका उमेश शर्माका अनुसार अविनाशलाई यही भदौ २० गते सामान्य ज्वरो आएको थियो । त्यसपछि सप्तकोसी नर्सिङ होमको बहिरंग विभागमा स्वास्थ्य र ल्याब परीक्षण गराउँदा उनमा डेंगुको संक्रमण रहेको पुष्टि भएको थियो । अस्पतालका फिजिसियन डा. अरविन्द साहले अस्पतालमा भर्ना भएका साहमा डेंगुको संक्रमण पुष्टि भएको बताए ।

धरानमा पहिलो पटक बैशाख ३० गते डेंगु देखिएको हो । अहिले मुलुकका ५६ जिल्लामा यसको संक्रमण फैलिसकेको छ । प्रदेश १ मा डेंगु संक्रमितको संख्या तीन हजार नौ सय ८३ पुगिसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments