Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

कांग्रेस पार्टी नयाँ सिराबाट पुननिर्माण गर्न आवस्यक – घिमिरे

झापा, फागुन २६ । नेपाली कांग्रसका नेता गुरुराज घिमिरेले कांग्रेस पार्टी अब नयाँ सिराबाट सुद्धीकरण र सुदृढिकरणका साथ अघिबढ्नु पर्ने बताएका छन् ।

नेपाली कांग्रेस गौरादह नगरको प्रथम नगर अधिबेशन लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि घिमिरेले नेपाली काङ्ग्रेस पार्टीमा बृहत शुद्धिकरण अभियान ल्याउन आवस्यक भएकोले सम्पूर्ण नेता कार्यकर्ता पार्टी मजबुद बनाउने अभियानमा सक्रिय हुनुपर्नेमा जोड दिए ।

नेपाली कांगे्रसका केन्द्रीय सदस्य समेत रहेका नेता घिमिरेले अब कांग्रस पार्टी नयाँ ढंगबाट अघि बढ्नु पर्ने बताउदै, बिपि कोइरालाको राजनीतिक मार्गदर्शनबाट गणतन्त्र सम्म आइपुग्दा देशले धेरै चुनौती पारगरी कांग्रसको नेतृत्वमा देशमा ऐतिहासिक उपलब्धीहरु हाँसिल भएकोमा गौरव गर्नुपर्ने धारणा ब्यक्त गरे । तर भर्खरै सम्पन्न निर्बाचनमा पराजित हुनु दुर्भाग्यपूर्ण भएकोले आगामी दिनमा पार्टीलाई सफलता दिलाउन सबै नेता कार्यकर्ता एकजुट भएर अघिबढ्नु पर्ने बताए ।
उनले केन्द्र, जिल्ला तथा स्थानिय तहका जिम्मेवार पार्टी पधाधिकारी हरुले राजनितिक सफलता र असफलताको जिम्मेवारी बहन गर्दै अबका दिनमा नयाँ सिराबाट पार्टीलाई पुनर्निर्माण गर्न आवस्यक रहेको विचार ब्यक्त गरे ।

गौरादह नगरपालिका ३ को सामुदायिक सभाहलमा आयोजित सो नगर अधिवेशनमा प्रदेस सभा सदस्य केदार कार्की , राष्ट्रिय सभा सदस्य धना खतिवडा , डा. खगेन्द्र अधिकारी , देउमान थेबे , अनिलकृष्ण प्रसाई, गौरादह नगरप्रमुख रोहित कुमार साह, सरेश सुब्बा, रामकुमारी पौडेल, शेरबहादुर भट्टराई, रेगिना प्रसाई, ढुण्डिराज भण्डारी लगायतका अतिथी हरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगर सभापती श्री यादब राज सेडाइले नेपाली कांग्रस गौरादहकोे राजनितिक कार्यपत्र र प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट बिभिन्न भूमिकामा सक्रिय ब्यक्तित्वहरुलाई कदर पत्रका साथ सम्मान गरिनुका साथै नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादह , गौरादह जेसिज तथा नव निर्वाचित नेपाल शिक्षक महासंघ जिल्ला तथा नगर समितीका पधाधिकारीहरु लाई सम्मान गरिएको अनलाइन बिचार डिजिटर खबर पत्रिकाका सहयोगी युवराज रेग्मीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments