Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, फागुन २१ । शहीद सप्ताह–२०७४को सन्दर्भ पारेर माओवादी केन्द्रले शहीद परिवारको लगि भापाको गौरादहमा घर निर्माण कार्यको शिलान्यास गरेको छ ।

सप्ताहा समापनको दिन आज सोमवार नेकपा माओवादी केन्द्र झापा क्षेत्र नं. ५ ले गौरादह नगरपालिका–२ लोदाबारीमा शहीद बिष्णुलाल हस्ता परिवारको लगि घर निर्माणको शिलान्यास गरेको हो ।

माओवादी केन्द्रका युवा नेता गगन पुरीको प्रमुख उपस्थितिमा सिलन्यास गरिएको सो घर निर्मााणको लागत अनुमानित १० लाख रुपयाँ रहने बताइएको छ ।

निर्माण समितिका अध्यक्ष डिल्लि रिजालको सभापतित्वमा सम्पन्न सिलन्यास कार्यक्रममा शहीद बिष्णुलालका समकालिन युवा नेता पुष्प ढकालले शहीद हस्ताको योगदानको बारेमा चर्चा गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
शहीद बिष्णु हस्ता “बिकल्प”

२०२४ साल पुस १० गते झापाको साबिक तोपगाछीमा जन्मिएका तथा गौरादह २ मा स्थायी बसोबास गर्दैरहेका हस्ताको ०६० साल पुस ९ गते सशस्त्र प्रहरीले गोली हानी हत्या गरेको थियो ।

गौरादह बहुमुखी क्याम्पसमा २०५२ सालको स्ववियु निर्बाचनमा तत्कालिन अखिलको तर्फबाट स्ववियु सदस्यमा निर्वाचित भएका हस्ता विद्यार्थी राजनीति तथा पार्टी राजनीतिमा सक्रिय थिए ।

२०५६ सालबाट माओवादी पार्टीमा सम्लग्न भएका हस्ता २०५७ सालबाट पूर्णकालिन भएका थिए । ०६० सालमा माओवादी पार्टीको एरिया समिति सदस्य जिम्मेवारीमा रहेका विष्णुलाललाई उनका समकालिन ढकालका अनुसार पार्टी भित्र कमरेड “बिकल्प” भनेर चिनिन्थ्यो ।

पर्टी कामको सिलसिलामा सातौं ब्रिग्रेडको एसटीएफ टोलीको रुट गाइड बनेर कमाण्डो आक्रमणका लगि जाँदै गर्दा सशस्त्र प्रहरीले पाडाजुँगी मंगलबारे चौकमा हस्ताको गोली हानी हत्या गरेको थियो ।

पढेलेखेको सक्षम युवा अवस्थाको छोरो गुमाएपछि शहीद बिष्णुलालको परिवार बुबा बृद्ध मुन्सी हस्ताको संरक्षकत्वमा अहिले चरम गरिबीको कष्टकर जीवन यापन गर्दै रहेको छ । सिलन्यास कार्यक्रममा पुगेका संचार कर्मी संग कुरा गर्दै मुन्सी हस्ताले भने हामीलाई सुख दिएर पाल्ने छोरो त्यही थियो, छोरो मारिए पछि अहिले हामी सहारा बिहिन भएका छौं ।

शिलान्यास कार्यक्रममा बोल्दै नेता गगन पुरीले माओवादी केन्द्रकाको बिशेष पहलमा सो निर्माण थालिएको भएता पनि समाजका सबै पक्षलाई निर्माण कार्यमा जुट्न, सहभागीभै साथ सहयेग गर्नुहुन अवहान गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
शहीद बिष्णुका बुबा मुन्सी हस्ता

कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष सिताराम अधिकारी, माओवादी केन्द्रका गौरादह नगरकमिटि अध्यक्ष हुकुम नेपाली तथा नगर परिवार, वार्ड नं २ का वार्ड अध्यक्ष राजन खनाल तथा वडा कमिटि परिवार लगाएत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको केन्द्रका नगर सदस्य जीवन पुरीले बताए ।

२०५२ साल फागुन १ गते माओवादीको नेतृत्वमा जनयुद्ध शुरु भएको थियो । त्यही महिनाको १४ गते प्रहरीले गोली हानेर गोरखाका दिलबहादुर रम्तेलको हत्या ग¥यो । रम्तेल जनयुद्धका पहिलो शहीद हुन् ।

२०२९ सालमा झापा विद्रोहको बेला फागुन २१ गते ५ जना क्रान्तिकारीहरुको हत्या सुखानीमा गरिएको थियो । फागुन महिनाको यी दुई दिनलाई माओवादीले ऐतिहासिक भन्दै एउटै पदावलीले जोडेको थियो । त्यो हो, शहीद सप्ताह । माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १४ गतेदेखि २१ गतेसम्म शहीद सप्ताह मनाउने गर्दछ ।

तपाईको प्रतिक्रिया