Online Bichar
बिहिबार, बैशाख ०३, २०८३ | Thursday, April 16, 2026

विराटनगर,  २१  साउन  ।  केही दिन देखि अत्याधिक बढेको गर्मीका कारण विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा झाडापखाला, दम र भाइरल ज्वरोका विरामीहरुको चाप बढेको छ ।

प्रत्येक वर्ष गर्मी मौसम हुने यस्ता किसिमका विरामीहरु हिजो आज कोशी अञ्चल अस्पतालको आकस्मीक कक्षमा दैनक १ सय देखि १ सय पचास जना सम्म आउने गरेको कोशी अंचल अस्पताल आकश्मीक कक्षका इन्चार्ज रघुनन्ध अधिकारीले जानकारी दिनुभयो । झाडापखाला दम र भाइरल ज्वरो भएर धेरै जसो बालबालिका र बृद्धबद्धाहरु अस्पतालमा उपचार गराउन आउने गरेका छन् ।

गर्मीे साथै धुलो धुवाँका कारण हुने भाइरल ज्वरो, दम झाडापखालाबाट बच्नको लागि उमालेको सफा पानी पिउने , माक्स लागएर हिड्नका साथै बजारमा पाईने खानेकुरा नखाने चिकित्सकहरुले सल्लाह दिएका छन् ।

विरामीलार्ई प्रसस्तमात्रामा पानी साथै तरलपर्दा खुवाउने ,सितलमा राख्ने, बासि खानेकुरा नखाने ,सफा राख्ने कोशी अञ्चल अस्पतालका फिजिसियन डा.दिपक सिग्देलले जानकारी दिनुभयो । उहाँले यो मौसममा प्राय धेरै जसो भाइरल ज्वरो आउने र अन्य रोगले पनि च्याप्ने भएकाले विरामीहरुलाई आराम गर्न सल्लाह दिनु भयो ।

झाडापखाला, ज्वरो ,दमको सामान्य लक्षण देखापर्ना साथ नजिकको अस्पताल वा स्वास्थ्य चौकी पुर्याउन चिकित्सकहरुले सल्लाह दिएका छन् । तराइमा गर्मी बढे संगै केही दिन यता सर्प टोकाइका विरामीहरु पनि बढ्न थालेको सो अस्पतालले जनाएको छ् ।न्यूज२४

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments