Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठ्माडौं,  १९  साउन  ।  भारतमा प्रतिबन्धित पशु स्वास्थ्य एन्टिबायोटिक औषधी नेपालमा बिक्रवितरण भइरहेको छ । नेपाल सरकारले आयातमा रोक नलगाउँदा खुलमखुला भेटेनरी औषधी पसलमार्फत् यो औषधी बिक्रीवितरण भइरहेको हो ।

भारतको स्वास्थ्य मन्त्रालयले जुलाईमा ‘कोलिस्टिन’ नामक एन्टिबायोटिकको उत्पादन, बिक्रीवितरण र प्रयोग बन्द गर्नु भन्दै सूचना निकालेको थियो ।

कुखुरा फार्म, माछापालन र पशु स्वास्थ्य रोग उपचारका लागि प्रयोग हुने यो औषधीले प्रत्यक्षरुपमा मानव स्वाथ्यलाई समेत असर गर्ने भन्दै भारतले राजपत्रमा अंकित गरी यो औषधि प्रतिबन्ध गरिसकेको छ । नेपालमा भारतबाटै आयात गरी यो औषधिको बिक्रीवितरण गरिने गरेको छ । कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments