Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, फगुन १४ । झापा निर्वाचन क्षेत्र नं – ५ को गौरादह नगरपालिकाले वर्तमान सरकारमा प्रभावशाली दुई मन्त्री र महान्यायधिवक्ता पाएको छ ।

दुई मन्त्रीहरु डा. युवराज खतिवडा, हिक्मत कार्की तथा वर्तमान सरकारका महान्यायधिवक्त अग्नी खरेल तीनैजना गौरादह नगरपालिकाका बसिन्दा हुन् । यो नगरपालिका प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा पर्छ ।

आज विस्तार भएको ओली सरकारमा डा. युवराज खतिवडाले अर्थ मन्त्रीको सपथग्रहण समेत गरिसकेका छन् । खतिवडा झापा गौरादह नगरपालिका वार्ड नं – ९ बैगुनधुराका बासिन्दा हुन् । खतिवडाले यस अघिपनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा राष्ट्र बैंकका गभर्नरको समेत सफल भूमिकामा जिम्मेवारी बहन गरिसकेका हुन् ।

वर्तमान ओली सरकारमा महान्यायधिवक्तामा नियुक्त अग्नी खरेल पनि सोही नगरपालिका वार्ड नं– ४ का वासिन्दा हुन् । खरेल नेपाल सरकारका पूर्व कानुन मन्त्री समेत हुन् ।

त्यसैगरी एक नम्मर प्रदेशको प्रभावशाली आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की पनि गौरादह नगरपालिका वार्ड नं– ३ का बासिन्दा हन् ।

गौरादह नगरपलिकाले प्रधानमन्त्री, अर्थ मन्त्री, महान्यायधिवक्ता र प्रदेशको गृह मन्त्री समेत पाएकोमा खुसीले गदगद हुदै सो नगरपलिका वार्ड नं– ३ का वासिन्दा तथा गौरादह बहुमुखी क्याम्पसका उप–प्रध्यापक शेरबहादुर कार्कीले अब गौरादहको नेतृत्वमा गौरादहको मात्र नभएर यो देशको मुहार फेरिने विश्वास ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया