Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

माओवादी पनि सरकारमा सहभागी हुने

काठमाडौं – सोमबार मध्यरातमा भएको एमाले र माओवदी केन्द्रको सात बुँदे सहति पत्रमा हस्ताक्षर हुँदा  पार्टीअध्यक्ष को भन्ने बुँदा समाबेस छैन । यसको पछाडि के छ रहस्य ?

एमाले र माओवादीबीच पार्टी एकताका प्रारम्भिक आधारहरूमा सहमति भएपछि नेकपा माओवादी पनि सरकारमा सहभागी हुने भएको छ।

सोमबार राति एमाले र माओवादीबीच पार्टी एकताबारेका ७ बुँदे प्रारम्भिक आधारहरूमा सहभति भएपछि माओवादी पनि सरकारमा सहभागी हुने भएको हो। प्रचण्डले अब माओवादी पनि सरकारमा सहभागि हुने बताए। उनले अब पार्टी एक भइसकेकोले आफूहरु सरकार बाहिर रहनु आवश्यक नभएको बताए।

एकता संयोजन समितिको बैठकबाट बाहिरिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महाधिवेशनसम्म केपी शर्मा ओली र आफू अध्यक्ष रहने बताए। उनले भने , ’महाधिवेशन नभएसम्म दुवै अध्यक्षका रुपमा रहने छौँ। बैठकको पालैपालो अध्यक्षता गर्ने सहमति भएको छ।’

मध्यरातमा निर्णय हस्ताक्षर गरिएको भएपनि हतारोमा वा खेल्ने ठाउ राखेर नियतबस यो हस्ताक्षर गरिएको हो क्रमश स्पस्ट हुनेनै छ । भद्र सहमतिले मात्र नथाम्ने बिगतले बताइसकेको छ तर पनि अध्यक्षको बिषय लिखित नगर्नु राम्रो संक्त होइन । केपी शर्मा ओलीपछि प्रचणण्ड प्रधानमन्त्री बन्ने भद्र सहमति भएको भनिएका बेला सहमतिपत्रमा उक्त कुरा उल्लेख भएको छैन।

प्रधान्मन्त्री आलोपालो गर्ने हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रचणको जवाफ थियो, ’प्रधानमन्त्री केपी ओली भइसक्नुभयो, पछिका कुरा पछि हुन्छ।’ उनले थपे, ’अब हामी एउटै पार्टी भैसक्यौ नि।’

तपाईको प्रतिक्रिया