Online Bichar
सोमबार, मंसिर ०१, २०८३ | Monday, November 16, 2026

इलाम,  १०  साउन  ।  इलाम अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको अभाव देखिएको छ । यो अस्पताललाई पाँच वर्षअघि ५० शैयामा विस्तार गरिएको थियो । तर, दरन्बन्दीअनुसार विशेषज्ञ चिकित्सक छैनन् । रेफर सेन्टर मात्र बनेको अस्पतालमा आउने विरामीहरुको भनाइ छ ।

इलाम नगरपालिका ४ बरबोटेका किशोर अधिकारी बुबाको उपचारको लागि अस्पतालमा ३ दिन वसे तर कुनै रोग नै पत्तो लागेन उनी भन्छन्-‘यहाँ त कुनै रोग पत्तालगाउनको लागि डाक्टर नै छैन बुवालाई ३ दिन राखेर विराटनगर लगेर उपचार गरेर ल्याए ।’

इलामबाटै प्रतिनिधित्व गरेका झलनाथ खनाल प्रधानमन्त्री, सुवास नेम्बाङ दुवै संविधानसभाका अध्यक्ष भए । कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले पनि इलामबाटै प्रतिनिधित्व गरे। गृहजिल्लावासी भने सामान्य उपचारका लागि पनि झापाका महँगा निजी अस्पताल वा भारतका अस्पतालसम्म जानुपर्ने बाध्यता छ । इलाम अस्पतालको अवस्थाले इलामे जनताकै उपहास गरिरहेको स्थानीयहरु बताउँछन् । ठूला नेताहरूको गृहजिल्लामा अस्पतालको दुरावस्थाले इलामेलाई नै लज्जित बनाएको छ।

इलाम अस्पतालमा अहिले पनि १० जना विशेषज्ञसहितको १६ जना डाक्टरको दरबन्दी रहेकोमा ५ जना एमडी डाक्टर मात्र भएको र काम गर्न असहज भएको अस्पताल व्यवस्थापक क्षितिज खतिवडा बताउँछन् । विशेषज्ञ नभएका कारण सम्बन्धित उपकरण पनि आउन नसकेको र भौतिक पूर्वाधार पर्याप्त रहे पनि डाक्टरहरुलाई आभाषको अभाव र विशेषज्ञ चिकित्सक अभाव रहेको उनको भनाइ छ । अस्पतालमा दैनिक स्वास्थ्य परीक्षण र उपचारका लागि २ सय जना आउने गरेका छन् ।

इलामसहित पाँचथर, ताप्लेजुङलगायत जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा सहज बनाउन ठूलो भवन र शैया थप गरे पनि अक्सिजन र सामान्य औषधिसमेत पर्याप्त मात्रामा नपाइने स्थानीयको भनाइ छ । कतिपय अवस्थामा बाहिरबाट खरिद गरेर अक्सिजन ल्याइने गरिएको छ ।न्यूज२४

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments