Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्र तत्काल सहभागि नहुने भएको छ । ओलीले प्रधानमन्त्री पदका लागि सपथ लिए लगत्तै माओवादीका मन्त्रिसहित सानो आकारको मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेपनि माओवादी तत्काल सरकारमा नजाने तयारी गरेको हो ।

बुधबार राती अबेर पार्टी एकताका आधारभूत विषय टुंग्याएर घोषणा गर्ने भनिएपनि तत्कालिन कार्य्दिशाका विषयमा दुई पार्टीबीचमा फरक मत देखिएको थियो । बिहिबार मध्यान्नसम्म आईपुग्दा दुई पार्टीका बीचमा अविश्वास थप बढेको माओवादीको बुझाई छ ।

‘माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि समर्थन दिईसकेपछि एमालेका कतिपय नेताहरुको स्वर बदलिएको छ । उहाँहरु जबज अहिलेनै माओवादीले स्वीकार गर्नुपर्ने तर माओवाद र माओवादीले गरेको जनयुद्धलाई आत्मसाथ गर्न नसक्ने भन्नुहुन्छ,’ माओवादीका नेताले भने, यस्तो अवस्थामा हामी सरकारलाई समर्थन दिन्छौं तर तत्काल मन्त्रिपरिषदमा सहभागि हुदैनौं ।’ बुधबार रातीको एकता संयोजन समितिको बैठकपछि माओवादीले बिहिबार बिहान अध्यक्ष प्रचण्डको निवासमा छलफल गरेर तत्कालिन रणनीति तय गरेको हो ।

जसअनुसार तत्काल सरकारमा सहभागि नहुने,बाहिर बसेर समर्थन दिने, अध्यक्षद्वयले गरेको सहमति अनुसार पार्टी एकता प्रकृया अघि बढाउन पहल गर्ने, र केही समय पर्खेर हेर्ने माओवादीको योजना रहेको एक नेताले बताए । माओवादी केन्द्रका नेता देव गुरुङले गठवन्धनको साझेदारको हैसियतमा माओवादी सरकारमा सहभागि नहुने प्रष्ट पारे ।

निर्वाचनमा जनताले दिएको म्यान्डेड अनुसार एउटै पार्टीले स्थिर सरकार बनाउनुपर्छ, सुशासन र सम्बृद्धी ल्याउनुपर्छ भन्ने हो,’ गुरुङले भने, ‘तर एकता प्रकृया विलम्ब भईरहेको छ, गठवन्धन यथावत रहेसम्म हामी सरकारलाई समर्थन दिन्छौं तर सरकारमा सहभागि हुंदैनौं । पार्टी एकताको विषय छलफल छलफल चलिरहेको तर सहमति हुन नसकिरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया