Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं – अन्ततः एमाले माओवादी पार्टीहरु एक हुने भएका छन् । नेपालको इतिहासमा सबैभन्दा ठूलो ध्रविकरणको रुपमा रहेको यो प्रक्रियामा दुई मूख्य वाम पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

बुधबार भएको एकता संयोजन समितिको बैठकमा विचार, नेतृत्व, कार्यनीति र सत्ता सञ्चालनलगायतका विषयमा सहमति बनेपछि दुबै पार्टी एक हुने निश्चित भएको हो । बुधबार दिउँसो दुबै पार्टीले छुट्टाछुट्टै बैठक गरी पार्टी अध्यक्ष केपी ओली र प्रचण्डबीच भएको एकताको मोडालिटिलाई अनुमोदन गरेका थिए । जस अनुसार दुबै जना सहअध्यक्षको रुपमा रहने एकजनाले पार्टी र एक जनाले सत्ताको नेतृत्व गर्ने र आलोपालो गर्ने लगायतका सहमति भएको थियो ।

हिजो सम्पन्न संयोजन समितिको बैठकले दुबै पार्टीका बैठकले गरेका निर्णयहरु अनुमोदन गरी विचार र कार्य्नितिबारे समेत ठोस गरेको छ । संयोजन समितिको बैठकमा प्रचण्ड कार्यकारी अधिकार सहितको पार्टी प्रमूख र एमाले अध्यक्ष ओली सेरेमोनियल अधिकार सहितको अध्यक्ष र प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

त्यसैगरी माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, समाजवादी क्रान्तिलाई कार्य्दिशा बनाउने लगायतका विषय टुंगीएका छन् त्यसैगरी एकता महाधिवेशन गर्ने, २ अंकको केन्द्रीय समिति बनाउने र पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्रै राख्ने सहमति पनि भएको छ । नेताहरुको समेत व्यवस्थापनको कार्ययोजना बन्न नसकेको भन्दै सहमतिको ड्राफ्ट भने तयार नगरीएको बताइएको छ ।

तपाईको प्रतिक्रिया